Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चितवन, १९ मङ्सिर (रासस) : दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । विसं २०६२ असोज १२ गते मुद्दा दायर भई विसं २०६४ पुस २० गते निकुञ्जले चौधरीलाई १५ वर्ष कैद र रु एक लाख जरिवाना फैसला गरेको थियो । गैँडा तस्करहरुले दुईपटकसम्म गैँडा मार्ने असफल प्रयास गरेपछि नेपाली सेनाका भगौडा निज चौधरीलाई समेत समूहमा…
गाईघाट, १९ मङ्सिर (रासस) : जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद) जेल सजाय र रु एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको हो । यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको अभियोग राउतमाथि लागेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताउनुभयो ।…
काठमाडौँ: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरुलाई थप प्रभावकारी ढंगले अघि बढाइने बताएका छन् । मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सचिव डा.कार्कीले यस्तो बताएका हुन् । आयोजनाहरुको विषेश किसिमको अवधी तथा विषेश किसिमको बजेट भएकाले अन्य कार्यालयका तुलनामा यिनीहरुले बढी प्रभावकारी ढंगले काम गर्नुपर्नेमा उनले जोड दिए । डा. कार्कीले पशुवस्तुमा देखिँदै आएको लम्पी स्किन रोग नियन्त्रणमा पनि सजक रहन पनि पशुसेवा विभागलाई निर्देशन दिएका छन् । बजार अनुगमन कार्यमा जाँदा सञ्चारकर्मीलाई अनिवार्य रुपमा समावेश गर्न पनि उनले निर्देशन दिएका छन् । कृषिमा भएका…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई नेपाल उद्योग परिसङ्घले स्वागत तथा बधाई ज्ञापन गरेको छ । परिसङ्घको कार्यालयमा आज आयोजित कार्यक्रममा महासङ्घका पदाधिकारीलाई परिसङ्घका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गर्दै कार्यकाल सफलताको कामना गरेको हो । कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पारे । उनले नयाँ कार्यसमितिसँग महासङ्घसँगको सहकार्यलाई थप सुदृढ र मजबूत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताए । कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै समस्या उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गीकरण र…
एजेन्सी: युरोपा लिग फुटबलमा लन्डन क्लब आर्सनलले अष्ट्रियन क्लब रापिड वेनमाथि शानदार जित हात पारेको छ । समूह चरणका खेलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा आर्सनलले रापिडमाथि ४–१ को शानदार जित निकाल्यो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइट र इमिल स्मिथ रोइले गोल गरे । रापिडका कोया किटागावाले सान्त्वना गोल फर्काए । इमिरेट्स स्टेडियममा करिव दुई हजार समर्थकलाई प्रवेश दिइएको खेलमा घरेलु टोलीले खेलको शुरुवातदेखि नै रापिडलाई दवावमा राख्न सफल भएको थियो । समूह ‘बी’ मा अपराजित रहेको आर्सनलको ५ खेलबाट १५ अंक भएको छ । आर्सनल यसअघि नै अर्को चरण प्रवेस गरिसकेको छ ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा ६५ अर्ब ६९ करोड रुपैयाँ बराबरको पुनरकर्जा स्वीकृत गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावितलाई राहत प्रदान गर्ने गरी कर्जा दिनका लागि यो कर्जा स्वीकृत गरेको हो । कोरोना भाइरसका कारण प्रभावित भएका उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनर्कर्जा कार्यविधि लागू गरी यस्तो सुविधा प्रदान गर्न सुरु गरेको हो । राष्ट्र बैंकले कोभिड– १९ प्रभावित उद्योग तथा व्यवसायहरुलाई राहत प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग पुनर्कर्जा दरखास्त आहवान गरेकोमा ६९ अर्ब ४ करोड माग भएको थियो । केन्द्रीय…
काठमाडौं: भारतीय आईसीआईसीआई बैंकले नेपालमा आफ्नो प्रतिनिधि कार्यालय खोलेको छ। बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको खोलेको हो। आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो।प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र आईसीआईसीआई बैंकका प्रबन्ध सञ्चालक तथा सिईओ सन्दीप बक्सीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट गरे। प्रतिनिधि कार्यालयमार्फत बैंकले नेपालका बैंकहरुसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्नेछ । नेपालमा शाखा प्रतिनिधि कार्यालयको स्थापनासँगै बैंकका अन्तर्राष्ट्रिय शाखा…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीवार साँझ राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् । यसअघि बिहीबारै प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । प्रधानमन्त्री ओली र राष्ट्पतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । राष्ट्पति र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ । नेकपामा विवाद बढ्ने बित्तिकै नेताहरु शीतलनिवास जाने गरेका छन् । नेकपाको विवादमा राष्ट्पतिले समेत चासो देखाउने गरेकी छन् । यसअघि पनि राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएर पार्टी एकता नटुटाउन आग्रह गरेकी…
काठमाडौँ: कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले भने, ‘कोभिडको असर रहँदासम्म मौद्रिक उपकरण तथा नीति लचिलो नै हुन्छ ।’ उनले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य तथा समग्र अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो नीति नै रहने जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको उल्लेख गरे । यस्तै कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भएको भए पनि निक्षेपको व्याजदर कम हुँदा त्यसबाट आश्रित वर्ग तथा समुदायमा थप…
काठमाडौँ: कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको छ । अहिले मन्त्रालेले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको हो । बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिएको भए पनि प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयमा मन्त्री र सचिवस्तरीय बैठकले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले कागजात पुगेका दाबीलाई तीन दिनभित्र भुक्तानी दिन, यसको दैनिक विवरण मन्त्रालयमा पठाउन, कुन बीमा कम्पनीमा कति दाबी परे, कतिको भुक्तानी भयो र…
