Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौ: भूकम्प पीडितले २०७७ पुस १५ गतेसम्म पहिलो किस्ता रकम लिन पाउनेगरि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम समयसीमा तय गरेको छ। प्राधिकरणले मंसिर मसान्तसम्म सम्झौता गरेर पुस १५ गतेसम्म पहिलो किस्ता लिनुपर्ने अन्तिम समयसीमा तय गरेको छ।प्राधिकरणले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने पनि निर्णय गरेको छ । त्यसैगरि, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने पनि निर्णय गरेको छ। सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरणको अन्तिम किस्ता लिनका लागि २०७८ वैशाखसम्मको समय तोकिएको छ। प्राधिकरणका सह–प्रवक्ता मनोहर…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा सचिवालय सदस्य माधवकुमार नेपालले नेकपालाई कसैले विभाजन गर्न नसक्ने बताएका छन्। शुक्रबार धुम्बाराहीमा भएको अनौपचारिक बैठकपछि बोल्दै उनले नेकपालाई कसैले फुटाउन नसक्ने दाबी गरेका हुन्। ‘नेकपालाई कसैले फुटाउन सक्दैन। यो कमजोर जगमा सुरू भएको पार्टी होइन’, उनले भने,‘सबैले अत्यन्त ठूलो त्याग र बलिदान गरेर यो पार्टी निर्माण गरिएको हो। कुनै एक व्यक्तिले चाहँदैमा पार्टी फुट्न सक्दैन।’ पछिल्लो समय नेकपामा अध्यक्षद्वयबीच विवाद चुलिँदै गएको छ। नेकपामा कर्णाली विवाद, प्रधानमन्त्रीले भारतीय रअ प्रमुखसँग भेटेकोबारे विवाद छ। यसबारे छलफल गर्न प्रचण्डले सचिवालय बैठक बोलाउन माग गर्दै आइरहेका छन्। तर प्रधानमन्त्री ओलीले भने टार्दै गएका…
काठमाडौँ: पूर्वमन्त्री गोकुल बाँस्कोटाले देशलाई सङ्घीयता आवश्यक नै नभएको बताएका छन् । उनले केवल द्वन्द्व व्यवस्थापनका लागि सङ्घीयता मान्नु परेको जिकिर गरेका छन् । सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यतिबेला उक्त निर्णयको विरोध भइरहेको छ । सोही पृष्ठिभूमिमा उनले सो कुरा बताएका हुन् । गत कार्तिक ११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरेको थियो । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम।यस्मा चै के…
बाँके: बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतक दाङका दुई तथा कैलाली र बाँकेका एक जना छन् । श्वास प्रश्वास समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेको राप्तीसोनारी-८ का ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५:२० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यस्तै कैलालीको टीकापुर नगरपालिका वडा-१ की ५६ वर्षकी महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २:४५ बजे मृत्यु भएको श्रेष्ठले बताए । यस्तै तुल्सीपुर उपमहानगरपालिका-१० दाङकी २० वर्षकी महिलाको दिउँसो ३:२० बजे र तुल्सीपुर उपमहानगरपालिका- ५ दाङका ७६ वर्षका पुरुषको साँझ ६:४० बजे कोहलपुरमै उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए…
काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्षसहित पाँच जना सचिवालय सदस्य शुक्रबार धुम्बाराहीमा बैठक बसे। अध्यक्ष प्रचण्डले बोलाएको उक्त बैठकमा अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट सचिवालय सदस्यहरू सहभागी भएनन्। झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए। ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर प्रधानमन्त्री ओलीले भन्नु भएको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभयो,’ बैठकपछि प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने। अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा सचिवालय बैठक राख्न प्रचण्डले गरेको…
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय गरेको हो । त्यसका लागि शनिबार (भोलि) बिहान अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्डसहितको टोली बालुवाटार जाने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीलाई भेट्न आज बैठकमा उपस्थित पाँचैजना पदाधिकारी जाने निर्णय भएको उनले बताए । प्रवक्ता श्रेष्ठले आजको बैठक पनि अध्यक्ष…
काठमाडौँ: रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेट गरेका छन्। शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच भेट भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई जनाबीच शिष्टाचार भेट भएको हो। सेनाध्यक्ष नरवणे बुधबार नेपाल आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न उनी नेपाल आएका हुन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन्। उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४९०५ रहेको छ । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ थियो । पछिल्लो २४ घण्टामा थप ४५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९०८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार…
काठमाडौं: चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् । उनलाई शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो । बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो । थप अनुसन्धान भइरहेको नागढुंगाका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले बताए ।
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु भएको छ । सचिवालय बैठक भनिए पनि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु उपस्थित छैनन् । प्रचण्डले आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए। बैठकमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । सचिवालयका प्रधामन्त्री केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल भने उपस्थित छैनन् । यसैबीच प्रचण्ड पक्षले आफ्नो समूहका भन्दै आएका गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ पनि बैठकमा सहभागी छैनन् । केही दिनअघि…
