Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

‘कुनै पनि श्रद्धाञ्जली कार्यकम नराख्न इच्छापत्र’ काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए । नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ५ हजार ३ सय रुपैयाँले बढी १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच छलफल भएको छ। बजेट निर्माणका विषयमा उनीहरूबीच अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार बिहान छलफल भएको हो। ‘आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नुभएको छ,’ अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ। पौडेलले सोमबार बूढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए। सरकारले जेठ १५ गते बजेट ल्याउने गरेको छ। अहिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् ईकमर्स कारोबारहरु गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका व्यवसायहरु लाभान्वित हुनेछन् ।ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरु प्राप्तिको लागि सहज…

Read More

काठमाडौंः चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा शुरुवात गरे ।जिम्मेवारी सम्हाल्नासाथ संघीय राजधानी केन्द्रीत विशिष्टिकृत उपचार प्रदेशस्तरसम्म पुर्याउने घोषणा गरेका मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अंग प्रत्यारोपणसँगै मुटु उपचार विस्तार गरेका हुन् ।सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गरे ।‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने ।अस्पतालमा निर्मित जलन वार्डको समेत मन्त्री पौडेलले उद्घाटन गरे । अब भरतपुर…

Read More

काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गर्नु भएको छ ।आज बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गर्नु भएको हो। सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिनु भएको थियो ।

Read More

काठमाडौं: प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मुलुक आर्थिक लयमा फर्किएको भन्दै यही गतिमा अगाडि बढेमा आगामी बर्षमा विकासोन्मुख राष्ट्रबाट नेपाल विकाससिल राष्ट्रमा स्तरोन्नती हुने विश्वास व्यक्त गरेका छन् । आइविएन मिडिया एण्ड रिसर्च प्रा.लिले नेपाल टेलिभिजनबाट प्रशारण गरिरहेको साप्ताहिक आर्थिक कार्यक्रम अर्थको अर्थ ३१ औं वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश अवसरमा आयोजित “पूर्व बजेट अन्र्तक्रिया” कार्यक्रममा प्रमु्ख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीका सल्लाहकार डा. खतिवडाले वर्तमान अवस्थामा मुलुकका सवै आर्थिक सूचकहरु सकारात्मक रहेको बताउँदै नेपालको आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न आगामी बजेटमा ऋण लिएरै भए पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । पूर्व अर्थमन्त्री समेत…

Read More

काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले तीनकुटने घटनाको अनुसन्धानका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले यो आदेश गरेको हो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र घटना भएकै दिन चैत १५ गते पक्राउ परेका थिए। दुर्गा प्रसाई भने त्यसको एक महिनापछि वैशाख १५ गते मात्र पक्राउ परेका थिए। उनी तीनकुनेमा राजा फर्काउने भनेर गरिएको प्रदर्शनका ‘जनकमान्डर’ तोकिएका थिए। उनले प्रहरीमाथि नै गाडी चलाउन खोजेका थिए। मिश्र पनि उक्त कार्यक्रममा पुगेर भिडलाई उकास्ने काम गरेको भिडिओमा देखिएको थियो।

Read More

काठमाडौं: नौबिसे-नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो । त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा सूचनामा उल्लेख गरिएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा…

Read More

काठमाडौं: आइतबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ बढे पनि चाँदी घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९३० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । आज प्रतितोला १ हजार ९१० रुपैयाँमा झरेको छ ।

Read More