Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
रोल्पा: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताउनुभएको छ । रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले भन्नुभयो, ‘‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नु पर्दैन । पार्टीलाई थप बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ ।’’ उहाँले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेकोसमेत बताउनुभयो । ऊर्जामन्त्री पुनले भन्नुभयो, “दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ ।” वर्तमान सरकार उज्यालो नेपाल बनाउने अभियानमा लागेको बताउँदै उहाँले सो…
काठमाडौँ: पछिल्ला दिनमा शेयर बजारमा नेप्से लगातार उकालो लागेपछि नियमक निकाय नेपाल धितोपत्र बोर्डले सजगता अपनाएर मात्रै धितोपत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत सङ्गठिन संस्थाको वित्तीय अवस्थाको विश्लेषण गरेर मात्रै लगानी गर्न आग्रह गर्नुभयो । बोर्डका प्रवक्ता गिरीले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदिलाई समेत दृष्टिगत गरी सुझबुझपूर्ण रुपमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । धितोपत्रको प्राथमिक बजारमा कूल आठ लाख लगानीकर्ता रहेका छन्…
काठमाडौँ, १५ मङ्सिर (रासस): नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ । आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले आज पदभार ग्रहण गर्नुभएको हो । महासङ्घका अनुसार, आजै बसेको केन्द्रीय कार्यकारिणी समितिले मतदान प्रक्रियाबाट कोषाध्यक्षसमेत चयन गरेको छ । महासङ्घको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित हुनुभएको छ । कार्यकारिणी समितिमा भएको मतदानमा शिराचनले ४० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिबी बस्नेतले ३१ मत प्राप्त गर्नुभयो । शनिबार सम्पन्न महासङ्घको निर्वाचनमा हिराचन वस्तुगत सङ्घबाट र बस्नेत जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा निर्वाचित हुनुभएको थियो । महासङ्घले आइतबार नै विशिष्ट सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारकालाई…
काठमाडौं: कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने भारतीय नागरिक रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दीपक नाथ छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनहरुको साथबाट नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । “अभियुक्तहरुले ग्रामीण भेग, वृद्ध तथा बालबालिकाहरु रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक मरासिनीले भने, “भारतीय नागरिक शर्मा र बम (श्रीमान्–श्रीमती) यहाँ…
काठमाडौं: नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो । मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक र धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता भने हुन नसक्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । सबै जिल्लामा फोरजी विस्तारसँगै गुणस्तरको विषयमा धेरै ग्राहकले गुनासो गर्ने गरेको भन्दै टेलिकमले फोरजी प्रयोग हुने मोबाइल सेटको प्रयोगमा समेत ध्यान दिन टेलिकमले आग्रह गरेको छ । टेलिकमले आज एक सूचना प्रकाशन गर्दै फोरजी…
काठमाडौं: नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । सोमवार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ । काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म उपत्यकामा कोरोना सक्रमितको संख्या १ लाख ९ हजार १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, ललितपुरमा १२५…
काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताउनु भएको छ । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको शिलान्यास गरेपछि बोल्दै अर्थमन्त्री पौडेलले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको जानकारी दिनुभयो । उहाँले स्वस्थसँग बाँच्न पाउनु पर्ने संविधानको मौलिक हक अनुसार स्थानीय तहमा सुविधा सम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानका रुपमा स्थानीय तहहरुमा एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको बताउनुभयो । अर्थमन्त्री पौडेलले १८ करोड रुपैयाँको सीमामा रहेर १५ शैयाको अस्पताल निर्माण…
काठमाडौं: नयाँ उचाइमा पुगेको सेयर बजारको वृद्धिले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक १९९७ अंक पुगेको छ। करीब २९ अंकले बढेको बजारमा ८ अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आइतबारको तुलनामा कारोबार रकममा भने सामान्य संकुचन आएको छ। आइतबार ९ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। यसमध्ये वाणिज्य बैंकहरुको मात्र सेयर किनबेच चार अर्ब ३१ करोड रुपैयाँको भएको छ । सोमबारको बजारमा सुरु देखिनै उतारचढाव देखिएको थियो। एक समय ५८ अंकले बढेको बजार कुनै समय ३ अंकसम्ममा सीमित भएको थियो। सुरुवातमा बैंकिङ र व्यापार समूहले उचालेको बजार बन्द हुँदा भने हाइड्रोपावर, जीवन बीमा…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली अब सामाजिक सञ्जालमा प्रख्यात बन्दै गइरहेको टिकटकमा पनि उपलब्ध छन् । प्रधानमन्त्री ओलीले भिडियो सेयरिङमा ख्याती कमाएको र लोकप्रिय बन्दै गइरहेको टिकटकमा खाता खोलेका हुन् । उनको खाता केपीशर्मा ओली अफिसियल भेरिफाइड पनि भएको छ । प्रधानमन्त्री ओलीको खाता केही दिनअघि नै खोलेर भेरिफाइड गर्न अनुरोध गरिएको थियो । टिकटकले अनुरोध स्वीकार गरेको छ । प्रधानमन्त्रीको टिकटक खातामा फलोअर्स, लाइक र भ्युज बढ्दो छ । यो समाचार तयार पार्दासम्म प्रधानमन्त्रीको टिकटकमा ४ हजार ७ सय १२ जना फलोअर्स पुगेका छन् । भिडियो लाइक गर्नेको सङ्ख्या १८ हजार नाघेको छ । भिडियो भ्युज साढे दुई…
