Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राजधानीको रानीपोखरी दक्षिण र टुँडिखेल उत्तरमा रहेको रत्नपार्क अबदेखि ‘शंखधर उद्यान’ नामाकरण गरिएको छ । यसअघि रत्नपार्क भनिएको ठाउँमा निर्मित राष्ट्रिय विभूति शंखधर साख्वाको नवनिर्मित सालिक अनामरण गर्दै सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मेयर विद्यासुन्दर शाक्य । काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्णकदको सालिक निर्माण गरेसँगै नयाँ नामाकरण गरिएको हो । उक्त स्थानमा यसअघि राजा महेन्द्रकी पत्नी रानी रत्नको नाममा ‘रत्नपार्क’ राखिएको थियो । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मेयर विद्यासुन्दर शाक्यले शनिबार शंखधर उद्यानमा निर्मित सालिकको अनामरण गरेका हुन् । उद्यान परिसरमै निर्मित मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको समेत सालिक अनामरण गरिएको छ । सरकारले नेपाल…

Read More

काठमाडौँ: कतारले नेपालबाट कामदार लैजानका लागि निश्चित म्यानपावर कम्पनीलाई मात्रै छनोट नगरेको जनाएको छ । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुकमा पर्ने कतारमा कामदार पठाउन १६ वटा म्यानपावर कम्पनीको सूची तयार गरी ‘सिन्डिकेट’ खडा गर्न खोजिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको थियो । ‘इजाजत प्राप्त जुनसुकै म्यानपावर कम्पनीले कामदार पठाउन पाउनेछन्,’ नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैलले भने, ‘कतारले कहिल्यै पनि नेपालबाट कामदार पठाउन निश्चित म्यानपावर कम्पनीलाई तोक्दैन । हामी प्रतिस्पर्धी बजारमा विश्वास राख्छौं ।’ दुई साताअघि कतारले १६ वटा म्यानपावर कम्पनीलाई छनोट गरेको भन्दै सूची बाहिरिएको थियो । त्यसलाई राजदूत हैलले निराधार र हल्ला मात्रै भएको स्पष्ट पारे ।…

Read More

काठमाडौँ: वित्तीय प्रणालीमा अधिक तरलताको कारण केही महिनायता घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने भएको छ । असारको तुलनामा असोज मसान्तमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) झन्डै एक प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा कर्जाको ब्याजदरमा पनि कमी आउने देखिएको हो । सबै बैंकको ब्याजदर करिब १ प्रतिशतकै हाराहारीमा घट्छ भन्ने होइन । हरेक बैंकको आधार दरमा आएको परिवर्तनअनुसार कर्जाको ब्याजदर घट्नुपर्छ । यसकारण आधार दर धेरै घटेको बैंकमा कर्जाको दर पनि धेरै र कम घटेको बैंकमा थोरै अनुपातमा ब्याजदर घटाउनुपर्ने नीतिगत व्यवस्था छ । राष्ट्र बैंकको निर्देशनअनुसार आधार दरमा आएको परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक तीन/तीन महिनामा कर्जा (नयाँ पुराना सबै) को…

Read More

पर्वत, ७ मङ्सिर (रासस) : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि शुरु भएको थियो । पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले निर्माणलाई तीव्रता दिएको छ । गएको भदौ महिनामा निर्माणकार्यको म्याद सकिएको भए पनि निर्माण व्यवसायीहरुलाई कोभिडका कारण थप छ महिना स्वतः म्याद थपिएपछि निर्माण पनि तीव्रगतिमा अघि बढेको हो । पर्वत खण्डमा अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निर्माणको गति तीव्र छ । “यही अनुसार काम भएमा…

Read More

काठमाडौँ: एशियाली विकास बैंक (एडीबी)ले नेपालका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि करिब रु १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार (१५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ। बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागेको हो। नेपालको प्रमुख आर्थिक गतिविधिको स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रलाई बढावा दिने लक्ष्यका साथ सरकारको आग्रहमा उक्त ऋण प्राप्त हुन लागेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये प्रमुख हो। सो विमानस्थल अन्तर्राष्ट्रिय तथा घरेलु यात्रुका लागिसमेत प्रमुख केन्द्रका रुपमा रहेको छ। यस्तै भैरहवामा निर्माणाधीन गौतमबुद्ध…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफूँ सधैँ पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार दाङको तुलसीपुमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष गौतमले पार्टीभित्र देखिएको कलह समधानका लागि आफूले निरन्तर रुपमा प्रयास गरिरहेको बताए। आफू सधैँ गुटको विपक्षमा रहेको भन्दै कुनै पनि हलतमा पार्टी फुट्न नदिने उनको भनाइ थियो। उनले अहिलेको विवादका कारण पार्टी नफुट्ने दावी समेत गरे। ‘मैले पार्टी एकतालाई जोड दिएको छु, म कुनै पनि गुटमा छैन’, उनले भने, ‘अहिले देखिएको विवादकै कारण पार्टी फुट्दैन, फुट्नु हुँदैन।’ पार्टी एकताका क्रममा देखिएका केही विषयलाई त्यतिबेलै समाधान नगर्दा अहिलेको समस्या आएको उनको भनाइ छ। उपाध्यक्ष गौतमले पार्टीमा दुई…

Read More

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डे सुनियोजित रुपमा दुर्व्यवहार गरिएको बताएका छन्। शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भत्र्सना गर्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन्। ‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी…

Read More

काठमाडौँ: नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३२५ जना कोरोनाभाइरसस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ । बितेको २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २३२३ रहेको छ । यस्तै…

Read More

काठमाडौँ: माउन्टेन इनर्जीले कार्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा सर्वसाधारणबाट माग भएको तुलनामा ७.६१ गुणा धेरैको माग परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार अन्तिम दिन बिहीबारसम्ममा १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर माग भएको हो । जुन सर्वसाधारणबाट माग गरिएको १८ लाख ३० हजार २६५ कित्ताको ७.६१ गुणा धेरै हो । आईपीओामा ६ लाख ७४ हजार जना आवेदकले आवेदन दिएका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३…

Read More

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै बालुवाटारमा नभेट्ने सन्देश पठाएको खुलासा भएको छ। कार्यकारी अध्यक्ष प्रचण्डले एक्लै नभेट्ने सन्देश पठाएपछि शुक्रबार ओलीनिकट नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रचण्डसँग छलफल गरेको स्रोतले जनाएको छ। कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई छलफल गर्न विभिन्न च्यानलमार्फत बोलाएका थिए। तर, प्रचण्डले एक्लै बालुवाटारमा छलफल नगर्ने अडान लिएपछि महासचिव बिष्णु पौडेलले छलफलका लागि वातावरण बनाउन प्रयास गर्दै आएका थिए। शुक्रबार मध्यान्ह १२ः१५ देखि अध्यक्ष प्रचण्डसँग ओलीनिकट सचिवालय सदस्य एव‌ं उपप्रधानमन्त्री ईश्वर…

Read More