Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बैतडी: दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई÷दुई जना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए । बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझाको सो दुर्घटनामा मृत्यु भएको हो । कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका–१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका–४ का…
मङ्गलबारे: कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ। महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन्। विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरू गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए। नेपालका मुख्य बजारहरूमा कोरोनाका सङ्क्रमितहरू बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ। लकडाउन र महामारीको शुरुआती अवस्था अर्थात चार महिना खासै असर नभोगेका चिज उद्योगीहरूलाई पर्यटनको सिजन शुरु भएसँगै विक्रीमा समस्या भएको उनले बताए। चिज विदेशी पर्यटकहरूले रुचाउने परिकार हो। मुख्य शहरमा सङ्क्रमण बढ्दै…
काठमाडौँ: बहुमत सचिवालय सदस्यको दबाबपछि आज हुन लागेको नेकपा सचिवालय बैठकअघि दुवै पक्षले आन्तरिक छलफलमा व्यस्त छन् । अपराह्न ४ बजे डाकिएको बैठकको खास एजेण्डा छैनन् । एजेण्डा नै तय नभएको यो बैठकमा दुवै पक्षले एक अर्काको प्रतिरक्षा गर्नेछन् । बैठकको निधो भएसँगै दुबै पक्षले छलफल तीव्र पारेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालसहितका बहुमत सचिवालय सदस्यहरू ओलीले पार्टीभित्र सल्लाह नै नगरी महत्वपूर्ण राजनीतिक नियुक्तिलाई निरन्तरता दिएपछि रूष्ट छन् । २६ भदौको पार्टी स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि दाहाल-नेपालसहितका बहुमत सचिवालय सदस्यहरूले…
काठमाडौं: भूमीहिन, सुकुम्बासीलाई जग्गा प्रदान गर्नका निम्ती नेपाल सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले कामको थालनी गरेको छ। आयोगले पहिलो चरणमा देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये १ सय वटा स्थानीय तहमा आयोगको काम अगाडी बढाउन सुरु गरेको हो। सोही अन्तर्गत आयोगले बिहिवार एक कार्यक्रमको आयोजना गरी केही स्थानीय तहसँग सम्झौता समेत गरेको छ। कार्यसम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले निम्नस्तरको वर्ग प्राथमिकताका पर्नूपर्नेमा जोड दिएकी छन्। अहिलेसम्म मुलुकको कुनैपनि कुनामा एक टुक्रा पनि जमिन नभएको भूमिहिन, सुकुम्बासी वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई…
काठमाडौँ: नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापना गरिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा उद्योग र कृषि मन्त्री सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेर उद्योग स्थापनाबारे अध्ययन गरिने भएको हो। सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै बिहीबार रासायनिक मल उत्पादन गर्ने उद्योग निकट भविष्यमै स्थापना गरिने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै बसेको मन्त्रिपरिषद बैठकमा स्वदेशमै रासायनिक मल उत्पादन गर्ने एउटा उद्योग खोल्ने प्रस्ताव ल्याएपछि उक्त निर्णय गरिएको थियो। ‘उद्योग खोल्न सम्भाव्यता अध्ययन र लगानीबारे अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ,’ उनले भने।
एजेन्सी: इथियोपियामा जारी द्वन्द्वमा सयौँ व्यक्तिको हत्या भएको एमनेष्टी इन्टरनेशनलले जनाएको छ । उत्तरी इथियोपियाको तिग्रेमा जारी द्वन्द्वमा नरसंहार भएको एमनेष्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वमा मारिएका अधिकांश मजदुर र न्यून आय भएकाहरु रहेको एमनेष्टीले दावी गरेको छ । संघीय सरकारले उत्तरी राज्यमा नयाँ कानुन तय गर्ने क्रममा तिग्रे पिपल्स लिबरेसन फन्ट (टीपीएलएफ)ले संघीय सैन्य आधार शिविरहरुमा हमला गरेको भन्दै गत साताबाट सेनाले सैन्य कारवाही सुरू गरेको छ । त्यस क्षेत्रमा दुवै पक्षका सेनाबीच अहिले पनि हतियार भण्डारण गरिएका क्षेत्रलाई केन्द्रित बनाई हमला भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विद्रोही र सरकारी सेनाबीचको भीडन्तका कारण सार्वजनिक…
काठमाडौँ: आज काग तिहार । यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजाआजासहित मीठो-मीठो चीजबीज खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज कागतिहार मनाइने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल…
बैतडी: दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए । मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको क्रममा देश दौडाहामा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई १ नम्बर प्रदेशका ५२ ओटा जिल्ला नगरका अध्यक्षहरुले समर्थन गरेका छन् । ढकाल प्यानललाई १ नम्बर प्रदेशको आयोजनामा आयोजित स्वागत कार्यक्रममा विभिन्न जिल्लाबाट उपस्थित जिल्ला तथा नगर अध्यक्षहरुले उपस्थित भएर समर्थन गरेका हुन् । सो कार्यक्रममा १ नम्बर प्रदेशका १७ जिल्ला तथा नगरका अध्यक्षहरुले उपस्थित भएर स्वागत गरेका थिए भने अन्य जिल्ला तथा नगर अध्यक्षहरुले स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै समर्थन सहितको शुभकामना पठाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ अन्तर्गत सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघको…
काठमाडौं: नोवेल कोरोना भाइरस (कोभडि–१९) का कारण बन्द रहेका खेल गतिविधि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फुटबल, क्रिकेट, बास्केट बल लगायतका खेल गतिविधि गर्न खुल्ला गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार स्वास्थ्य तथा सुरक्षा लगायतका मापदण्ड पालना गरेर निम्न खेल गतिविधि गर्न अनुमति दिइएको छ : –ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनौट हुने खेलका प्रशिक्षण सुचारु गर्न –फुटबल–क्रिकेट लगायतका खेलहरू अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन –मैत्रीपूर्ण खेलहरू आयोजना गर्न –स्थगित रहेका फुटबलका डिभिजन खेलहरू सञ्चालनको तयारी गर्न –विभिन्न खेल संस्थाहरूमार्फत आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षण लगायत…
