Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ । मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले बढेको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११८५ रहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ:नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन ७ मै महाधिवेशन गर्न सकिने बताएका छन्। क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिने हो भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै फागुन ७ देखि पार्टीको १४ औं महाधिवेशन गर्न सम्भव हुने पौडेलले बताए। ‘क्रियाशील सदस्यताको सूची पाएको डेढ महिनाभित्र महाधिवेशन गर्न सकिन्छ,’ तनहुँमा बुधबार बिहान पत्रकारहरूसँग उनले भने, ‘तोकिएकै समयभित्र महाधिवेशन गरौं, पार्टीलाई संकटतर्फ जान दिन हुन्न।’ सभापति शेरबहादुर देउवाको कार्यकाल फागुनमा सकिँदैछ। त्यसपछि महाधिवेशन गर्ने हो भने कार्यकाल बढाउनुपर्ने हुन्छ। त्यसका लागि कांग्रेसले संविधानको सहारा लिनुपर्ने हुन्छ। मंसिरभित्रै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने नेता पौडेलले बताएका छन्। यसअघि बसेको कांग्रेस केन्द्रीय समितिले मंसिरभित्र क्रियाशील सदस्यता वितरण…

Read More

पाल्पा: पाल्पा र स्याङजाका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो । पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो । पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १४ गते अस्पताल भर्ना भएका थिए । मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

Read More

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् । हिजोको बैठकमा बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल पनि छलफल गर्नुपर्ने अडान राखेका थिए । ओलीले यस्ता बैठकको कुनै…

Read More

काठमाडौं: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि गर्ने ८ कम्पनीलाई कारबाही गरेको छ । विभागद्वारा सञ्चालित दैनिक बजार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि ती कम्पनीमाथि कारबाही गरिएको हो । विभागको कारबाहीमा पर्नेमा काठमाडौं टोखा ५ स्थित बुढाथोकी हार्डवयर, कामनपा ९ स्थित न्यू शिव खाद्य भण्डार, कामनपा ८ मदन दास इन्टरप्राइजेज, कामनपा ३२ सूर्यचन्द्र इन्टरप्राइजेज, ललितपुर १४ स्थित निड्स मार्ट प्रा.लि र सोफिया स्टोर र ललितपुर महानगरपालिका ९ स्थित नखिपोट मिनी मार्ट रहेका छन् । उक्त कम्पनीहरु मार्फत विभागले कुल १ लाख २१ हजार रुपैयाँ जरिवान असुल गरेको छ । मंगलबारको बजार अनुगमनका क्रममा…

Read More

काठमाडौँ: यसवर्ष श्लेषमान्तक वनमा शतबीज छर्न नपाइने भएको छ। कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेकोले शतबीज छर्न तथा महाद्वीप बाल्न यसपटक नदिइने भएको हो। पशुपति क्षेत्र विकास कोषले गत वर्षहरूमा जस्तो शतबीज छर्न आउनेका लागि गर्ने व्यवस्थापन यसपटक गर्ने छैन। श्लेषमान्तक वन, मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गरिन्छ। आफन्त गुमाएकाहरूले श्लेषमान्तकलगायत ठाउँमा शतबीज छर्ने प्रचलन छ। पशुपति क्षेत्र विकास कोषले पनि यसवर्ष कोरोना महामारीको जोखिम रहेकोले भिडभाड हुने गरी शतबीज छर्न नदिइने बताएको छ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गर्थे। पशुपति मन्दिर भने पुस १ गतेदेखि पूजापाठका लागि खुल्ला गर्न…

Read More

दिपायल: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्लाको दिपायलमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जुनसुकै शक्ति लागे पनि नेकपा नफुट्ने बरु थप मजबुत भएर जाने बताए । उनले भने, “अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बरु थप सशक्त तथा एक ढिक्का भएर जानेछ ।” मुख्मन्त्री भट्टले पार्टीमा बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत रहेको उल्लेख गर्दै प्रतिपक्ष तथा सरकार ढलाउन खोज्ने कुतत्वले अहिले सरकार फेरबदेल हुने तथा कम्युनिष्टको एकता टुट्दै छ…

Read More

काठमाडौँ: सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्काेमा छन् । शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए । यसैगरी तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ बराबरकोको २८ दिने निक्षेप संकलन उकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप उपकरण निष्काशन गर्न लागेको हो । केन्द्रीय बैंकले बिहीबार निष्कासन गर्ने ५० अर्बको निक्षेप उपकरण संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्थालाइ विश्लेषण गरेर खुला बजार सञ्चालन समितिले निष्कासन गर्न लागेको हो । केन्द्रीय बैंकले २८ दिनपछि सावाँ तथा ब्याज भुक्तानी गर्ने गरी निष्काशन गर्न लागेको हो । सो वित्तीय औजारमा लगानी गर्ने संस्थाले पाउने ब्याजदरको सन्दर्भमा भने बोलकबोल माध्यमवाट निर्धारण हुनेछ । वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलमा…

Read More

काठमाडौँ: माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको कार्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मंसिर १७ गते बुधबार १० बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सो जानकारी अनुसार आइतबार प्रि अलटमेन्ट सकाएर बुधबार क्यापिटलको कार्यालय नक्सालमा बिहान १० बजे आईपीओ बाँडफाँड गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जना आवेदक (जुन कूल आवेदकको २८ प्रतिशत हो) ले मात्र शेयर पाउनेछन् । जसमध्ये १ लाख ८३ हजार २१ जनाले गोलाप्रथाबाट १० कित्ता र ५ जनाले ११ कित्ताका दरले शेयर पाउनेछन्…

Read More