Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सउल, ४ मङ्सिर (रासस) : दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ । ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ । परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम भ्ज्द्दज्ञटक दिइएको छ । उक्त परीक्षणमा छवटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो । ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई सञ्चालनमा ल्याउन…
सुदूरपश्चिम, ४ मङ्सिर (रासस): भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बिओपी स्थापनाको पहल भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले भारतसँग जोडिएको धनगढीको पुण्टे घाट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठा घाट, भजनी नगरपालिकाको हलौना घाट, कालापातल र पगियापसर र टीकापुर क्षेत्रको कालाकुण्डमा थप बिओपी स्थापना गर्न लागिएको बताउनुभयो । कैलालीको सीमा क्षेत्रमा हालसम्म…
काठमाडौं: वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले माग पूरा नभएसम्म बिहीबारदेखि न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाउने कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरु मंसिर ४ देखि १२ गतेसम्म पदाधिकारीहरुलाई अस्पताल प्रवेशमा निषेध गराउनेदेखि तालाबन्दीसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । चैतदेखि हालसम्मको कोभिड भत्ता नपाएको, औषधि खरिद खर्च, सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नपाएको भन्दै स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुले हरेकदिन एक घण्टा हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमा धर्ना दिँदै आएका छन् । तर माग सम्बोधनका लागि अस्पतालका पदाधिकारीले पहल नगरेपछि कात्तिक २५ गते उनीहरुले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई माग पूरा नगरिदिन पहल गरेका थिए । तर त्यो…
एजेन्सी: अमेरिकाको न्यू मेक्सिको राज्यको आल्बुकर्की सहरमा अहिले कोभिड-१९ का कारण लकडाउन जारी रहेको अवस्थामा अहिले त्यस सहरहरुमा टोइलेट पेपरको चरम अभाव रहेको समाचारहरु आएका छन्। बेलायती पत्रिका ‘दि सन’ ले लेखेको छ, ” अहिले आल्बुकर्की सहरका अधिकांश सुपरमार्केटहरुमा टोइलेट पेपरको अभाव छ र त्यहाँका सुपरमार्केटका शेल्व्सहरु प्राय खाली छन्। ” न्यू मक्सिको राज्य अमेरिकाकै एक सबैभन्दा बढी जनघनत्व भएको राज्यहरुमध्ये एक पर्छ। पछिल्लो पटक त्यहाँ कोभिडका संक्रमित र मृत्यु दर हालसम्मकै उच्च रहेको जनाइएको छ।
काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपा विदेशीको इशारामा जुट्ने वा फुट्ने पार्टी नभएको दाबी गरेका छन्। पार्टीको सचिवालय बैठक बसेको भोलिपल्ट (बिहीबार) बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै पर्यटनमन्त्रीसमेत रहेका नेकपा नेता भट्टराईले आफ्नो पार्टी नेपाली हावापानीमा हुर्केको मौलिक पार्टी भएकाले यो उत्तर वा दक्षिणको शक्तिबाट चल्ने पार्टी नभएको दाबी गरेका हुन्। यसअघि बुधबार बिहान सचिवालय बैठक बस्नुअघि भने उनले सामाजिक सञ्जालमै लेखेका थिए, सर्वाधिक कठिन समय! हुन त आजको स्टाटसमा पनि उनले लेखका छन्, ‘यो सत्य हो, अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन्।। यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा…
काठमाडौँ: देशभर दिनदिनै क्रमशः तापक्रम घट्ने र जाडो बढ्ने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आफ्नो स्टेसन भएका २ स्थानमा न्यूनतम तापक्रम शून्य वा शून्यभन्दा तल गइसकेको छ। बुधबार गरिएको मापनअनुसार सबैभन्दा कम तापक्रम जुम्ला स्टेसनमा देखिएको छ। त्यहाँ न्यूनतम तापक्रम माइनस २.१ डिग्री सेल्सियस छ। ‘यो हाम्रो तापमापन केन्द्र भएको ठाउँको कुरा भयो,’ महाशाखाका मौसमविद् वरुण पौडेलले बिहीबार भने, ‘खासगरी अन्य हिमाली भेगको तापक्रम पनि अहिले यही मात्रामा हुन्छ।’ यसैगरी मुस्ताङको जोमसोममा पनि बुधबार न्यूनतम तापक्रम शून्य दशमवल शून्य (०.०) डिग्री सेल्सियसमा झरेको छ। यसैगरी काठमाडौं उपत्यकाको अहिले बिहानको तापक्रम ६ डिग्री छ। यहाँको तापक्रम ६ डिग्रीमा झरेको…
काठमाडौँ: बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध…
काठमाडौँ: कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिए । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर…
काठमाडौँ: मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ । मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ । बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता उज्ज्वल प्रजापतीले जानकारी दिए । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमी सम्पन्न भइसकेको छ । थोक वितरण…
काठमाडौँ: सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र कोभिड–१९का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिनुभएको हो । पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको…
