Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ‘होम आइसोलेसन’ मा रहेका कोरोना संक्रमितको निगरानी गर्न टोली परिचालन गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाको वडा स्तरमा क्लष्टर खडा गरी होम क्वारेन्टिन वा आइसोलेसनमा रहेका संक्रमितको निगरानी गरिने बताएका हुन्। दैनिक उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएका कारण मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्रभावकारी बनाउन उक्त तयारी गरेको हो। पछिल्लो समय उपत्यकामा समेत ट्रेसिङ कार्य नहुँदा संक्रमण झन् तीब्र रुपमा फैलिँदै गएको छ। साथै होम आइसोलेसनमा रहेका संक्रमितको यकिन तथ्यांक र जानकारी नहुँदा थप समस्या आउने भन्दै अब वडा स्तरबाटै टिम खडा गरी परिचालन गर्ने तयारी गरिएको छ।
काठमाडौँ: कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्ण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले बताए । कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । यसैगरी सीमानाका हुँदै नेपाल…
काठमाडौं: नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए । यस अघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो । पार्टीमा सहमति नभएपछि २१ कात्तिकका लागि बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको थियो । काँग्रेसका शीर्ष नेताबीच पार्टी केन्द्रीय विभागको गठन, क्रियाशील सदस्यताको वितरण, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका सम्बन्धमा सहमति हुन नसकेपछि…
काठमाडौं: सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेसँगै देशभर कोरोनाको उपचारका लागि अस्पताल जानेको संख्या ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २२२ जना मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १०३४, प्रदेश २ मा ३३, बागमती प्रदेशमा ३ हजार ५१२, गण्डकी प्रदेशमा १ हजार २६३, लुम्बिनी प्रदेशमा १ हजार २४७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा ४७ जना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन् । सरकारले असक्त, अपांग तथा जेष्ठ नागरिकबाहेक अन्यको उपचारमा शुल्क लिने निर्णय गरेसँगै चर्को शुल्क लाग्ने भएपछि संक्रमितहरु होम आइसोलशेनमै बस्न थालेका हुन् ।…
एजेन्सी: जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन् । उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’ बाइडेनले अफ्रिकी अमेरिकी मतदातालाई विशेष रुपमा धन्यवाद दिए जसका कारण उनको प्रचारमा वृद्धि भयो । सुरुवाती प्रतिस्पर्धामा उनी पछि परिरहेको थिए । बाइडेनले आफ्नो पहिलो काम कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने बताएका छन्…
काठमाडौँ: विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख ६ हजार ६२३ जना संक्रमित युरोपका मात्रै छन् । अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ३४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ५६ हजार ११४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७९ हजार ७१५…
एजेन्सी: राष्ट्रपति चुनाव हारेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प गल्फ खेल्दै गरेको भिडियो सार्वजनिक भएका छन् । ट्रम्प भर्जिनियाको इस्टर्लिङ्गमा गल्फ खेल्दै गर्दाको भिडियो अमेरिकी समाचार संस्था सीएनएनले जारी गरेको हो। उनले यस चुनाव मत परिणामलाई स्वीकार नगर्ने र उनले यस परिणामलाई फेरी एक पटक ‘फेक’ मत परिणाम भनेका छन्।
एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक/एक गोल थपे । बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक/एक गोल फर्काए । जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।
काठमाडौं: संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो । बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् । अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्। पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए। १९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित…
काठमाडौँ: सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एपी वन टीभीलाई शनिबार राति अन्तर्वार्ता दिएका छन्। अहिले चलिरहेको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बताएका मुख्य बुँदाहरू : – दुई वर्षअघि अविश्वास प्रस्ताव ल्याउन सकिने अवस्था थिएन। त्यसैले दुई वर्ष पर्खने काम भयो र त्यो अवधी पुग्ने बित्तिकै तयारी गरियो। बीचमा सहमति गरियो तर त्यो टाइम वाइ गर्नका लागि मात्रै भयो। – गुटगत बैठक कति बसिरहेका छन्? केपी ओली हट्दैछन् हटाइन्छ भन्ने सन्देश दिएर अस्रिता सिर्जना गर्न खोजिएको छ। – म राजीनामा गर्दिन। सरकार परिवर्तन हुँदैन। मन्त्रीपरिषद पुनर्गठनको सम्भावना पनि अहिले छैन। – को सँग भेट्ने को सँग…
