Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौ: बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए। ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। ‘गत शुक्रबार (१६ गते) मनमोहनमा भर्ना गर्दा उनलाई भेन्टिलेटरमा राखिएको थियो,’एसपी डा नेपालले भने,’उनको त्यही दिन कोरोना परीक्षण गर्न स्वाब झिकिएको थियो।’ आइतबार उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. नेपालले जानकारी दिए। उनमा संक्रमण देखिएपछि सोमबार बलम्बुस्थित एपिएफ अस्पतालमा रिफर गरिएको थियो। उनलाई त्यहाँ पनि भेन्टिलेटरमै…
काठमाडौं- नेपालमा बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ । डा.गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका एकजना, कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा इलामका एकजना, सप्तरीका ३ जना, उदयपुरका एकजना र मोरङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा मोरङका ७ जना, र इलामका एकजना, गजेन्द्र नारायणी सिंह…
काठमाडौं: काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार (आज) अपराह्न साढे चार बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो । मंगलबार राति पनि भूकम्पको धक्का महसुस गरिएको थियो । ललितपुरको बगलामुखी आसपास केन्द्रबिन्दु ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंका आसपासका जिल्लामा समेत महसूस भएको छ ।
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट साढे तीन महिना अघि राजीनामा दिएका बैंकर मनोज ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा नियुक्त भएका छन् । ज्ञवालीलाई नलिबमा चिफ फाइनान्स अफिसर (सीएफओ) को जिम्मा दिइएको बैंक संचालक समतिका अध्यक्ष शम्भु पौडेलले नोटबजारलाई जानकारी दिए । उनले आजैबाट आफ्नो कार्यभार सम्हाल्दैछन । ज्ञवालीले ज्योति विकास बैंकमा २ वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका थिए । ज्योतिबाट बाहिरिएको करिब साढे तीन महिनाको अन्तरालपछि उनी नबिल पुगेका हुन । ज्ञवालीसँग बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव छ । नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेका बैंकर ज्ञवाली चार्टर्ड एकाउन्टेन (सीए) समेत हुन् । ज्योति…
काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा बुधबार हाल सम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन २१ गते बुधबार सुनको मूल्य १ लाख माथि पुगेको छ । महासंघका अनुुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ, तेजावी १ लाख ९०० रुपैयाँ तथा चाँदी १ हजार २९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ६ सय तथा चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ, तेजावी ९९ हजार ३७५ रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।…
बनेपा: कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतको काभ्रेपलाञ्चोकको साँगामा मङ्गलबार भएको बैठकले साँगा नाकालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको काभ्रेपलाञ्चोक जिल्लाका प्रजिअ तिमिल्सिनाले बताउनुभयो । “साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन…
काठमाडौँ: ‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिह्न सुनिश्चित गर्दै पार्टी विभाजनतर्फ अग्रसर भएको आशंका गरिएकै बेला त्यसलाई वैधता दिने प्रयोजनका लागि प्रधानन्यायाधीशलाई प्रभावित पार्न खोजिएको देशका वरिष्ठ अधिवक्ताहरुले अनुमान लगाएका छन् । रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधानन्यायाधीशको कमजोरीमा बालुवाटारले खेल्न चाहेको र पार्टीको विवाद कुनै किसिमले अदालतमा प्रवेश गर्दाको अवस्थामा साथ खोजिएको सो भेलाको आँकलन थियो । सरकार र प्रधानन्यायाधीशको रवैया यस्तै भए सडकदेखि अदालतसम्म आन्दोलनको…
चितवन: तीन वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो । उनका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै थपलिया तालको छेउमा गैंडालाई छाडिएको हो । अन्दाजी १२ वर्षको पोथी गैँडालाई तीनवटा हात्ती, २५ प्राविधिक कर्मचारीको सहयोगमा उद्धार गरी ल्याइएको रुपाखेतीले जानकारी दिनुभयो । विसं २०७४ साउन २७ गते आएको बाढीले राप्ती वा नारायणी नदीले बगाएर सो गैँडालाई भारतको बाल्मिकी टाइगर रिजर्भ पु-याएको थियो…
काठमाडौं: आज देशका अधिकांश भूभागमा समान्य बदलीसहित केहि स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली तथा केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार आज राति देशका अधिकांश भूभागमा सामान्य वदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।…
काठमाडौं: भदौ १ गतेदेखि हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सहरुले दैनिक ४८ उडान गर्ने भएका छन् । लकडाउनको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडानलाई स्वीकृति दिएको जनाइएको छ । प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट) मा ३९ वटा उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ वटा गरी दैनिक ४८ वटा उडानलाई अनुमति दिइएको हो । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेको जनाएका छन् । बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स लगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेको जनाएका छन् ।…
