Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: आज (बिहीबार) देखि तीन दिनसम्म वर्षाको मात्रा निकै बढ्ने मौसमविद्ले अनुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले  बिहीबार बिहान दिएको जानकारीअनुसार दक्षिण भारतीय क्षेत्रमा रहेको मनसुनको न्यून चापीय रेखा उत्तर अर्थात् नेपालतर्फ नजिकिएकाले कम्तीमा अबका तीन दिन लगातार वर्षा हुने सम्भावना देखिएको हो। ‘पानी त पहिलादेखि नै परिरहेकै छ, तर अबका दुई–तीन दिन मनसुन सक्रिय हुने देखिएको छ,’ मौसमविद् पौडेलले भने, ‘जसले गर्दा वर्षा अझ बढ्ने र कतिपय स्थानमा दुई–तीनसम्मै नउघ्रिएर झरी परिरहने सम्भावनासमेत छ।’ तर कतिपय सञ्चारमाध्यमले भनेजस्तो यो वर्षकै बढी वर्षा हुने भन्ने कुराचाहिँ सत्य नभएको पनि उनले बताए। ‘वर्षा अलि बढ्छ भन्न खोजिएको हो,’…

Read More

काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जीत हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जीत दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे । न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरेका थिए । जीतसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ । सिटी लिग लिडर तथा च्याम्पियन लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ । लिभरपुलको ९२ अंक रहेको छ ।

Read More

सिन्धुपल्चोक: गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।

Read More

काठमाडौं: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न ठाउँमा भएका प्रदर्शन रोक्न अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रह गरेका छन्। दुई अध्यक्षबीच आज भएको भेटवार्ताका क्रममा प्रचण्डले कुनै व्यक्ति विशेषका पक्षमा प्रदर्शन गराउनु जायज नभएको भन्दै ओलीलाई यो रोक्न भनेका हुन्। प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा देशका विभिन्न ठाउँमा दैनिकजसो प्रदर्शन हुन थालेको छ। यसअघि प्रचण्डले आजै बिहान महासचिव विष्णु पौडेललाई फोन गरी प्रदर्शन रोक्न भनेका थिए।

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले् देशभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेका छन्।

Read More

काठमाडौं: न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो । मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मङ्गलबार निर्देशन दिइएको बताइएको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

Read More

काठमाडौं: सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकममा भने धेरै गिरावट आएको छैन । नेप्से मापन गर्ने सूचक १०.१३ अंकले घटेर १३२६.५३ बिन्दुमा रोकिएको छ । १७९ कम्पनीको २९ लाख ७७ हजार ७०६ कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १०.७९, विकास बैंक ७.०१, निर्जीबन बीमा कम्पनी ३०.१३, माइक्रोफाइनान्स १०.१३, जीवन बीमा समूहको उपसूचक ६०.२९ अंकले घटेको छ । कारोबारमा सूर्योदय लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, हिमालयन जनरल इन्स्यारेन्सका लगानीकर्ताले कमाउँदा तारागाउँ रिजेन्सी होटल,कालिका पावर, नेशनल हाईड्रो पावर, जलविद्युत लगानी तथा विकास…

Read More

काठमाडौँ: संसदको विकास तथा प्रविधि समितिले आवश्यक सुरक्षा विधि अपनाएर ट्याक्सी यातायात सञ्चालन गर्न निर्देशन दिएको छ। बुधबार यातायात व्यवसायीसँग छलफल गर्दै समितिले सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले यातायात व्यवसायी र मजदुर संगठनसँग कोभिड १९ का कारण लकडाउनमा र त्यसपछि सार्वजनिक यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेको हो। यातायात व्यवसायीले सार्वजनिक यातायात नखोले आन्दोलन गर्ने चेतावनी समिति बैठकमै दिएपछि समितिले उक्त निर्देशन दिएको हो। खासगरी मजदुर संगठन र व्यवसायी संगठनका पदाधिकारीले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि…

Read More

काठमाडौं: यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ । असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ । बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ । संविधानुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष…

Read More

काठमाडौँ:  चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार श्रावण कृष्णपक्षको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन् । कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीले पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ । असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि देशभरका प्रमुख मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात अझै बन्द छन् । अहिलेकै स्वरूपको बन्दाबन्दी पनि सरकारले साउन ७ गतेसम्म जारी रहने घोषणा गरेको छ । अन्य सबै क्षेत्रमा…

Read More