Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

एजेन्सी: अन्ततः अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ। कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए। त्यसपछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको बताउँदै त्यसो नगर्न अनुरोध गरेका थिए। अन्तर्राष्ट्रिय समुदाय तथा स्वयं अमेरिकाका कतिपय बुद्धिजीवीले पनि यस्तो निर्णय घातक हुने चेतावनी दिएका थिए। तर ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन्। र, अन्ततः डब्लूएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र नै पठाएका हुन्। अमेरिकाले यही जुलाई ६ मा त्यस्तो…

Read More

काठमाडौं: नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो ।

Read More

काठमाडौं:उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए…

Read More

काठमाडौं: विविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस फैलने आशंकामाथि छलफल गरिरहेका छौँ ।’ यसबारे विश्व स्वास्थ्य संगठनकी बेनेदेत्ता आल्लेग्रांजीले कोरोनाभाइरस हावाबाट पनि फैलने प्रमाण त भेटिएको छ तर अहिले नै यो किटान गरेर भन्न सकिएको छैन । उनले भने, ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई अस्विकार गर्न सकिँदैन…

Read More

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री, नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजी) बनेका छन । आज मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । हाल नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग प्रमुख रहेका थापा प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् । २०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका थापाले महानिरीक्षक बन्दा आफ्नै ब्याचका अर्का १ जना प्रतिस्पर्धीलाई उछिनेका हुन् । अन्य १ जना एआईजी हरिवहादुर पाललाई उछिन्दै थापा महानिरीक्षक बन्न सफल भए । प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा…

Read More

काठमाडौं: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण नभएको जानकारी दिएका छन् । डा पाण्डेका अनुसार हालसम्म १६ हजार १६८ जना संक्रमितमध्ये ९७ प्रतिशत अन्य देशबाट नेपाल आएका व्यक्तिहरु हुन् । हालसम्म २ लाख ६० हजार व्यक्तिको पीसीआर परीक्षण गरिएकोमा ७ प्रदेशमध्ये प्रदेश २ र ५ मा बढी संक्रमित भएको डा पाण्डेले बताए । उनले सुदुरपश्चिम प्रदेश बढी जोखिममा रहेको पनि जानकारी दिए । उनले बागमती र गण्डकी प्रदेशमा कम संक्रमित भएको बताए । डा पाण्डेले नेपालमा समुदायमा कोरोना संक्रमण नफैलिएको पनि दाबी गरे । ‘अहिलेसम्म किन समुदायमा संक्रमण छैन भन्नुपर्दा नेपालमा…

Read More

काठमाडौं:नेपालमा मंगलबार थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा झापाका एकजना र सुनसरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ जना र महोत्तरीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना,…

Read More

काठमाडौं: समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।

Read More

काठमाडौं: काठमाडौं। संसदीय समितिले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कर्मचारीलाई साधारण सेयरमा आवेदन दिनसमेत रोक लगाउने निर्णय गरेको छ। अर्थ समितिले गठन गरेको एक उपसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गर्दै कर्मचारीलाई साधारण सेयर भर्न समेत रोक लगाएको हो। उपसमितिले बुझाएको प्रतिवेदनमाथि अर्थ समितिमा छलफल हुन्छ। अर्थ समितिले के गर्ने भन्ने निर्णय गर्छ। उपसमितिले बुझाएको प्रतिवेदनअनुसार अर्थ समितिले निर्णय गरे नियामकका कर्मचारीले सेयर भर्न पाउँदैनन्। बोर्ड र नेप्सेका कर्मचारीले सेयर भरेर चलखेर गर्ने गरेको आरोप उप समितिले लगाएको छ। यसअघि भरेर परेको साधारण सेयर अहिले नै बिक्री गर्न वाध्य भने हुने छैनन्। अब नियामकका कर्मचारीहरुले आफूसँग के कति सेयर…

Read More

काठमाडौं: मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। उक्त बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो। अहिलेका आइजिपी ठाकुर ज्ञवाली भोलि बुधबारबाट अवकास पाउँदैछन्। उनी ३० वर्षे सेवा अवधिका कारणले नियमित अवकासमा बस्न लागेका हुन्। सरकारले एआइजीहरूमध्येबाट नयाँ आइजिपी नियुक्त गर्दैछ। एआइजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना आइजिपी हुनेछन्।

Read More