Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर विना काम, विना पास र अत्यावश्यक काम बाहेक सवारीसाधन चलाउने उपर चेकजाँचमा ट्राफिक प्रहरीले थप कडाई गरि नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखीआम नागरिकहरूकोअत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकहरूमा ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचमा कडाई गरेको हो । आज मात्रैकाठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने३,६४७वटा २ पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे गरी जम्मा४,१०७वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए…

Read More

काठमाडौं: नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलगायतका विषयमा आज सरकारको ध्यानाकर्षण गराउँदै छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । सरकारको ध्यानाकर्षण गराउन पौडेल नेतृत्वको प्रतिनिधिमण्डल बुधबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार जान लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै छन् । संसद बैठक बुधबार बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सांसदहरुले उठाउनु भएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नु हुन्छ ।’ संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ । साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ । त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूचीसमेत छ…

Read More

धनुषा: धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयका हिरासतभित्र एक अभियुक्त झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। हिरासतको शौचालयभित्र झुन्डिएको अवस्थामा सबैला नगरपालिका-१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा मृत भेटिएका हुन्। उनी झुन्डेर आत्महत्या गरेको अवमा मंगलबार बिहान २ बजे फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक रमेश्वर कार्कीले जानकारी दिए। मृतक ट्याक्टर चालक थिए। सवारी दुर्घटना मुद्दामा यही जेठ १२ गते उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो। सदाले किन आत्महत्या गरे भन्ने विषयमा अहिलेसम्म केही कारण खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ। यसैबीच हिरासतभित्रै सदा मृत भेटिएपछि स्थानीय बासिन्दा विरोधमा…

Read More

काठमाडौँ: सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ । सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने नागरिकको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् । सरकारले यसअघि विदेशबाट समस्यामा परेकालाई तत्काल स्वदेश ल्याउने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाउन सकेको थिएन । दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार सबैभन्दा…

Read More

काठमाडौँ; ललितपुरको बाँडेगाउँमा एक पुरुषको हत्या भएको छ । भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको हो । ‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’ मृतकका भिनाजु लक्ष्मी बहादुरका अनुसार २ बजे राति घरबाट बोलाएर हत्या गरिएको हो । घटना भएको थाहा पाएलगत्तै उनी घटनास्थल जान लागेको जानकारी दिए ।

Read More

काठमाडौं: साढे २ महिनादेखिको लकडाउनले जनजीवन कठिन बन्दै गएपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए । लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएको छ । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त भएको छ । लकडाउन लम्बिदा पनि संक्रमण नघटेको तथा जनजीवन पनि अस्तव्यस्त भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नै राख्ने गरिको निर्णय गर्न सरकारलाई दबाब परेको छ। लकडाउनको स्वरूप परिवर्तन नभइकनै ठाउँ…

Read More

काठमाडौँ; नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडिमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया नेपालको पूर्वी भू–भागमा आजकै दिन वा जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने भएको छ। हाल देशको बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू–भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडि भू–भागहरुमा र प्रदेश २ का पश्चिम तिरका भू–भागहरुमा सामान्य बदली रहेको छ भने बांकी भू–भागहरुमा आंशिक बदली रहेको छ। प्रदेश ५, बाग्मती प्रदेश,…

Read More

कञ्चनपुर: कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना संक्रमण देखिएको हो। कोरोना संक्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए। उनका अनुसार संक्रमित तीनै जना प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य छ।

Read More

काठमाडौँ: उपत्यकामा रहेको उद्योगधन्दा बाहिर स्थानान्तरण गर्ने सरकारको नीति रहेको उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले काठमाडौँ उपत्यकामा रहेको उद्योगधन्दा स्थानान्तरणका लागि सरकारले अध्ययन गरिरहेको उल्लेख गरे । संसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले स्थानान्तरणको अध्ययनबारे बताएका हुन् । भट्टले चाँडै बालाजु र भक्तपुर औद्योगिक क्षेत्रका उद्योग कारखानाहरु स्थानान्तरण हुने बताएका छन्। । उपत्यकाको अवस्थालाई हेरेर यहाँ संचालित उद्योगधन्दालाई बाहिर स्थानान्तरण गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । यसैगरी सरकारी र निजी दुवै क्षेत्रबाट संचालित भएर रुग्ण बनेका उद्योगहरूबारे अध्ययन गरी त्यस्ता उद्योग…

Read More