Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र त्यसको रकम निकासा हुने स्पष्टीकरण दिएका छन् । सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको थियो । बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको सोमबार जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले बजेटमा तीन वर्षदेखि लगातार राख्दै आएको स्पष्ट पारे । ‘तर अमेरिकी सहयोग रकम त्योबेला मात्र निकासा हुन्छ, जुन बेला संसदमा विचाराधीन रहेको सम्झौता पत्र अनुमोदन हुन्छ,’ उनले भने।

Read More

काठमाडौं: ६९ जना नेपालीसहित २३२ यात्रु लिएर कोरियन एयरलाइन्सको विमान कोरिया प्रस्थान गरेको छ । विमानमा कोरियाको पीआर भएका तथा काम गर्ने अनुमति पाएका कामदारसहित ६९ नेपाली यात्रु सवार थिए । विमान आजै बिहान आएर बिहान ११ बजे कोरिया प्रस्थान गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । यसैबीच आजै नेपाल एयरलाइन्सका तीन विमानले हङकङको उडान भर्ने भएका छन् । राति आठ, साढे आठ र नौं बजे नेपाल एयरलाइन्सका तीन जहाजले हङकङ उडान भर्ने पनि प्रवक्ता क्षेत्रीले जानकारी दिए । उनका अनुसार हङकङमा बसोबास गर्ने नेपाली र नेपालमा रहेका हङकङबासीलाई तीन उडानमार्फत लगिने छ । दुई एयरवस ३२०…

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय मिटर धावनमार्ग विस्तार भएको छ। आइतबार सञ्चारमाध्यमलाई स्थलगत अवलोकन गराउँदै विमानस्थलले भौतिक संरचना तथा कोरोना जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे जानकारी दिएको हो। कोरोना संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी सहितको प्राविधिक टोलीले सामाजिक दुरी कायम गर्दै दुवैतर्फका उडानको टर्मिनल भवनमा बनाइएको नयाँ संरचनाबारे जानकारी दिएका हुन्। पुरानो तीन हजार मिटर धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर बनाइएको छ। विस्तारित धावनमार्गमा रनवे र एप्रोच लाइटिङको काम बाँकी छ। कोरोनाका प्रभावले दुई महिनादेखि व्यवसायिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…

Read More

सुर्खेत: कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए । दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका-३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १०…

Read More

काठमाडौँ: कोरोनाभाइरसद्वारा संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा भारत अब सातौं स्थानमा उक्लिएको छ । जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्नै लागेको छ । ड्याशबोर्डका अनुसार भारतमा कूल १ लाख ९० हजार ६ सय ९ कोरोना संक्रमित रहेका छन् जबकी ५ हजार ४ सय ८ को यो भाइरसका कारण मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडा अनुसार पनि कोरोना भाइरस संक्रमितको हिसाबले भारत संसारको सातौं सर्वाधिक प्रभावित देश बनेको छ । संगठनका अनुसार भारतमा कूल संक्रमितको संख्या १ लाख ८२ हजार १ सय ४३ रहेको छ भने ५ हजार १…

Read More

काठमाडौँ: आज जेठ १९ गते (जुन १)। नेपालको इतिहासमा कालो दिन यस अर्थमा कि १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र विरबिक्रम शाहदेव र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए। अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए । यस प्रकरणपछि घाइते अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार दिइयो । दरबार हत्याकाण्डमा ज्यान गुमाएका सबैको सामुहिक दाहसंस्कार गरियो । तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो । त्यसपछि ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बने । युवराज दिपेन्द्रले लागुऔषधको उच्च नशामा रहेका…

Read More

काठमाडौँ: बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।…

Read More

सुर्खेत: कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो । उहाँहरुले भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको सङ्क्रमणको जोखिम उच्च रहेकाले उनीहरुलाई सुरक्षित रुपमा राख्ने, परीक्षण गराउने र सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश कोरोनाको भयावह अवस्थामा पुगेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकमा उहाँले भारतबाट भित्रिएका नागरिकका कारण कोरोना फैलिएको जनाउनुभयो । भारतबाट आएका नागरिकहरुको लगत सङ्कलन गरी सीमा क्षेत्रमा क्वारेन्टिन बनाएर जाँच गर्न आग्रह गर्दै उहाँले भन्नुभयो,…

Read More

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका आठ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख छ । प्राधिकरणका त्यस्ता ग्राहक संख्या ८ लाख छ । विद्युतका करिब ४१ लाख ग्राहस्थ ग्राहक छन् । ती ग्राहक आर्थिक रुपमा विपन्न भएका कारण राहत दिने उद्देश्यले महसुल निःशुल्क दिने व्यवस्था मिलाइएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए । ८ लाखमध्ये कतिपयले न्यूनतम शुल्कसमेत बुझाउन नसक्दा…

Read More

काठमाडौँ: कोभिड–१९ को सङ्क्रमण आज एकै दिन १६६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १६६ जनामा सङ्क्रमण देखिएको बताए । ती सङ्क्रमितमध्ये पुरुष १६२ र महिला चारजना रहेका छन् । शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल एक हजार ५६७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये पुरुष एक हजार ४५० र महिला ११७ जना रहेका छन । आज देखिएकामध्ये नयाँ जिल्ला तनहुँ, सल्यान, कालीकोट र बाजुरा रहेका छन् । नयाँ सङ्क्रमितमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…

Read More