काठमाडौँ: पर्यटकीय क्षेत्र नगरकोटमा भ्यु-टावर निर्माणको प्रारम्भिक सर्भेका लागि चांगुनारायण नगरपालिका र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ।
चाँगुनारायण नपाले नगरकोटमा साततले अत्याधुनिक भ्यु-टावर निर्माणका लागि चिनियाँ कम्पनी एजिलिटी इन्टरनेसनल होल्दिङ्गस लिमिटेडसंग सम्झौता (एमओयू) भएको हो।
भ्यु-टावर निर्माणका लागि आवश्यक आर्थिक, सामाजिक र वातावरणीय अवस्थासम्बन्धि अध्ययन गर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले चाँगुनारायण-६ नगरकोटको २० रोपनी क्षेत्रफलमा करिव २ अर्व रुपैयाँको लागतमा टावर निर्माण गर्ने योजना छ।
टावरमा हिमाली तथा प्राकृतिक क्षेत्रको दृश्यावलोकनका साथै रिभल्बिंङ रेस्टुरेन्ट, तामाङ संस्कृति तथा अन्य जातजातिको पहिचान झल्कने म्युजियम, बिजनेस सेन्टर, स्विमिङ्ग पुलको व्यवस्था हुने गरि निर्माण गर्ने तयारी छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ।
–––