काठमाडौं: ताहचलस्थित श्रम तथा बैदेशिक रोजगार विभागबाट प्रहरीले तीन जान विचौलियाहरूलाई नियन्त्रमा लिएको छ।
श्रम स्विकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटो छरीतो गरीदिन्छु भनि सेवा ग्राहिलाई प्रलोभनमा पारि दु:ख दिने काठमाण्डौ कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङका सुजन लामा र सोल्टीमोड बस्ने सर्लाही लालबन्दीका निर्मल तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
Facebook Comments Box