काठमाडौँ: भारतको व्यवसायीक घराना रजत ग्रुप अफ कम्पनिज अन्तर्गतको निर्माण सामाग्री एमकेजी ब्राण्डको विक्री वितरण अब नेपालका लागि औधोगिक तथा व्यापारीक घराना एम्. भि. दुगड अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले गर्ने भएको छ ।
आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले स्मार्ट प्रबिधिबाट छिटो र गुण्स्तरीय ढङ्गले मज्बुदीलो निर्माण कार्यलाई मूर्त रुप दिने कुरामा निश्चिन्त रहेको देखिन्छ। दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले नेपालमा ५ किसिमका निर्माण उपकरण भित्र्याएको छ ।
१) कङ्कृट उपकरण
२) स्टिल बेन्डिङ्ग र कटिङ्ग मसिन
३) पेसेन्जर कम मेटरियल एलिभेटर
४) रोलर
५) लाईट उपकरण तर्फ कङ्कृट भाइब्रेटर, ट्रावेल, स्याण्ड स्क्रिनिङ्ग मेसिन
२०७५/०८/०६ गते देखि २०७५/०८/०८ सम्म भक्तपुरमा सन्चालन हुने तीन दिने कनम्याक नेपाल सन् २०१८ मा सहभागिता जनाउदै ह्याङ्गर बि.बि २१८ स्टलमा सोहि कनम्याकको पहिलो दिन एमकेजीको लन्चिङ्ग कार्यक्रममा एम्. भि. दुगडका कार्यकारी अध्यक्ष मोतिलाल दुगड, एमकेजी भारतका उपाध्यक्ष रबिन्द्र बङ्गार र एमकेजी नेपालका हेड अफ अपरेशन शम्भु कर्णले संयूक्त रुपमा रिबन काटेर कार्यक्रम सुभारम्भ गरेका हुन् ।
देश व्यापी रुपमा एम्. भि. दुगडले ३४ वटा शाखाहरुबाट एमकेजीको विक्री वितरण शुभारम्भ गरिएको हो ।