काठमाडौँ: नेपाल प्रहरीभित्र विभिन्न मितिमा सेवारत रहेका १९ जना प्रहरी कर्मचारी हालसम्म पनि कार्यालयको सम्पर्कमा आएका छैनन्।
प्रहरी प्रधान कार्यालय, नक्सालले सोमबार एक सूचना जारी गर्दै आफूखुसी कार्यालयमा गैर हाजिर रहेका १९ कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन गरेको हो।
यसरी सूचना जारी गर्दा पनि सम्पर्क र हाजिर हुन नआउने त्यस्ता सम्पूर्ण कमचारीहरुलाई नेपाल प्रहरीको नियमावली, २०७१ को नियम ११३ (१) को खण्ड (च) को नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने सक्नेसम्मको अधिकार रहेको हुँदा उनीहरुलाई तत्काल हाजिर हुन आउन सूचना जारी गरेको हो।
यसरी हाजिर हुन नआउने प्रहरीको प्रहरि जवानदेखि सहायक निरीक्षकसम्म पदका कर्मचारी छन्। हाजिर हुन प्रधान कार्यालयले सूचन प्रकाशित भएको मितिले सात दिन भित्र स्पस्टीकरणसहित हाजिर हुन भनेको छ।
प्रहरी अधिकृतका अनुसार प्राय यसरी सम्पर्कमा नआउने प्रहरीहरु जागिर छोड्ने मानशिकतासहित सम्पर्क बाहिर रहेका हुन्छन।
यी हुन् हराएका १९ प्रहरी
१) सरोज क्षेत्री (प्रहरी नायव निरीक्षक)
२) बोध राज भण्डारी (प्र.ना.नी)
३) टेकबहादुर आले (प्र.स.नी)
४) अर्जुन कुमार बस्नेत (प्र.ह)
५) राम बहादुर थापा (प्र.ह)
६) राजन बडू (प्र.ज)
७) बसन्त स्याङतान (प्र.ज)
८) अक्लेश राय (प्र.ज)
९) राधाकृष्ण पाण्डे (प्र.ज)
१०) रमेश कुमार चौधरी (प्र.ज)
११) सम्भु नारायण माझी (प्र.ज)
१२) निमा दोर्जे तामांग (प्र.ज)
१३) सुभास प्रसाईं (प्र.ज)
१४) गोविन्द तामांग (प्र.ज)
१५) सम्भु राय (प्र.ज)
१६) राम आनन्दी यादव (प्र.ज)
१७) लक्ष्मी तामांग (प्र.ज)
१८) गोपाल प्रसाद राय यादव (प्र.ज)
१९) राजेन्द्र सुनार (प्र.ज)
