काठमाडौँ: साताको दोस्रो कारोवारको दिन पूँजी बजारमा गिरावट जारी रहेको छ । आज सोमबार नेप्से परिसूचक ६ दशमलब ३५ अंकले घटेर एक हजार १६० दशमलब २८ अंकमा झरेको छ ।
आइतबार नेप्से परिसूचक १४ दशमलब ८२ अंकले घटेको थियो ।
आजको कारोवारमा अन्य र बित्त बहेको सबै समूहको परिसूचकमा गिरावट आएको छ ।
आजको कारोवारमा सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ८९ दशमलब ३ अंक, जीवन बीमा ६७ दशमलब ०५ अंक र लघुवित्त समूहको परिसूचक १५ दशमलब १६ अंकले घटेको छ ।
त्यसैगरी, बाणिज्य बैंक ४ दशमलब ८३ अंक, विकास बैंक ५ दशमलब ७६ अंक, होटल १३ दशमलब ३ अंक र जलबिधुत ५ दशमलब ४२ अंकले घटेको छ ।
नेप्से घटेपनि कारोवाररकममा भने सामान्य सुधार आएको छ ।
आज कूल १५५ कम्पनीको ९ लाख ९१ हजार ७३० कित्ता शेयर ३० करोड ८४ लाख ९५ हजार ८४ मूल्यमा खरीद बिक्री भएको छ ।
आइतबार नेप्सेमा आज कूल १५४ कम्पनीको ८ लाख ४० हजार ५५ कित्ता शेयर २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरीद बिक्री भएका थिए ।