काठमाडौं: दरबारमार्गको एक होटलमा भएको बलात्कार काण्डपछि फेरी काठमाडौंको ठमेलको वार्ड नम्बर २७ मा आज एक युवती बलात्कृत भएकी छिन्।
घटना क्वासी होटल एण्ड रेष्टुरेन्टमा भएको थियो। यो चाइनिज होटल हो। महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी प्रबक्ता तथा डिएसपी होबिन्द्र बोगटीका अनुसार पीडित युवती त्यहाँ कोठा खोज्दै त्यस होटेलसम्म पुगेकी थिइन्। तर कसरी ति युवती कोठा खोज्न होटेलमा पुगिन् भन्ने बारे प्रहरी अझै अनुशन्धानरत रहेको बोगटीले बताए।
बलात्कृत हुने युवती २२ वर्षकी छिन्, प्रहरीले भन्यो। उनले प्रहरी समक्ष उजुरी लिएर आएपछि तत्तकाल प्रहरी वृत लैनचौरले अनुसन्धान थालेको थियो।
घटनामा संलग्न भएको आशंकामा पांच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेका १७ वर्षीय सोम तामाङ, गोरखाका १८ वर्षीय विराज गुरुङ लगायत रहेका छन् भने प्रहरीले सबैको नाम सार्वजनिक गरेको छैन।
घटनाका बारेमा प्रहरी बिस्तृत अनुसन्धान शुरु गरिसकेको पनि उनले बताए ।
यस्तै, भक्तपुर सूर्यविनायक नगरपालिका-९ भाते ढिकुर बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी चौतारा नगरपालिकापा-९ कदमबासकी १४ वर्षीया बालिकालाई मंगलबार राति चाँगूनारायण नगरपालिका-६ नगरकोटस्थित ललाईफकाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी नगरपालिका-९ हरहर महादेव बस्ने रामेछाप रामपुर-३ का १८ वर्षीय अविनाश भन्ने ध्रुव नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।