काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका नेता गगन कुमार थापाले राजधानीमा गरिएको जोर बिजोर प्रणाली लागुबारे दिएको बक्तब्य उनको आफ्नो भनाई नभएर नेपाली काँग्रेसको भासा बोलेको बताएका छन्।
“आज एक जना कांग्रेस नेताजीले जोर बिजोर लागु गरिएको बारे बोल्नुभएछ त्यो उहाँको अभिव्यक्ति नभएर समग्र कांग्रेसको भनाई हो, कांग्रेसले केहि नपाएर पोखरीमा ढुङ्गो हान्न मात्रै खोजेको हो अरु केहि होइन,” मन्त्री बाँस्कोटाले विहिबार आयोजित पत्रकारसम्मेलनमा भने।
विहिबार नेता थापाले आफ्नो सामाजिक सञ्जालमार्फत सरकारले लागु गरेको जोर बिजोर प्रणालीबारे सार्वजनिक रुपमै जनतालाई अवज्ञा गरौँ भन्दै लेखेका थिए।
सरकारले शुक्रबारबाट शुरु हुने एशिया प्रशान्त सम्मेलनका लागि काठमाडौँ उपत्यकाभर निजी तथा सार्वजनिक सवारीमा १३ गतेदेखि १६ गतेसम्म सो व्यवस्था लागु गरेको छ।
“प्रशान्त सम्मेलनमा हाम्रो पार्टीका नेता तथा अधिकारी मात्रै होइनन्न स्वयं कांग्रेसकै नेताहरुको सहभागिता र उपस्थिति हुनेछ अरु त मा के भनम,” नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने।
सरकार जनतालाई परेको पीरमार्का बारे संवेदनशील छ तर यस्तो बिशेष परिस्थितिमा केहि कुरा सहि दिनु पर्छ यो नेपाल सरकारको रहर होइन बरु आगामी २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउनसमेत यस सम्मेलनले ‘ब्राण्डिङ्ग’को काम गर्नेछ, उनले भने।
यस्तै पत्रकारको जिज्ञासालाई शान्त पार्दै उनले थपे, “यो सम्मेलनबारे सरकारले पहिले नै प्रष्ट परिसकेको कुरो हो यसको आयोजना र प्रायोजक नेपाल सरकार हुँदै होइन।’