काठमाडौँ: विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शुक्रबारबाट शुरु हुन लागेको एशिया प्रशान्त सम्मेलनले सरकारको कूटनीतिक मर्यादामाथि प्रश्न उठाएका बताएका छन्।
आजदेखि राजधानीमा शुरु हुने सम्मेलनमा सरकारको सहभागिता र विदेशी पाहुनाका स्वागतमा सरकारको उपस्थितिलाई लिएर उनले प्रश्न उठाएका हुन्।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले एनजिओको कार्यक्रममा आएका पाहुनाको स्वागतमा उपप्रधानमन्त्री नै सहभागी भएको सरकारले कूटनीतिक मर्यादा नाघेको उल्लेख गरेका छन्।
‘गैरसरकारी संस्थाको निम्तामा आएका प्रधानमन्त्री सरहका नेताको विमानस्थलमा उपप्रधानमन्त्री स्वयंद्वारा स्वागत, यो कस्तो कूटनीतिक मर्यादा हो?’, उनले ट्वीट भनेका छन्, ‘ईशाइ धर्म प्रचारक भनिएको संस्थाको कार्यक्रममा सरकारकै यति ठूलो संलग्नता किन, कसरी?’
