काठमाडौँ: काठमाडौँ महानगरपालिका–३१ ले कामलाई थप प्रभावकारी बनाउन सात सदस्यीय विज्ञ समूह गठन गरेको छ ।
तेजबहादुर ढकालको संयोजकत्वमा प्रा डा जीवेन्द्रदेव गिरी, केशव घिमिरे, गोविन्द गौतम, ई धनबहादुर सापकोटा, जीवनाथ पोखरेल र अधिवक्ता केदार कोइरालासहितको समूह गठन गरिएको हो । विज्ञ समूहले जनताको समस्या के हो जानकारी लिने, समस्या समाधान गर्नतर्फ वडा कार्यालयलाई घच्घच्याउनेजस्ता कार्य गर्नुपर्ने वडाध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिए।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका समयमा जनतासामु गरिएका धेरै प्रतिबद्धता पूरा गर्न शुरु गरिसकेको र बाँकी अन्य काम पनि तत्काल गर्ने तयारीमा कामपा रहेको जानकारी गराए । महानगरको मुख्य समस्याका रुपमा रहेको फोहर व्यवस्थापन र सार्वजनिक कुकुर व्यवस्थापनको माग गरिएको थियो ।