काठमाडौँ: साताको दोस्रो कारोवारको दिन शेयर बजारमा सामान्य सुधार आएको छ । आज सोमाबर नेप्से परिसूचक शुन्य दशमलब ९ अंकले बढेर एक हजार १३१ दशमलब ७३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक १७ दशमलब ७३ अंकले घटेको थियो ।
नेप्से परिसूचक सामान्य सुधार आएसंगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ ।
आजको कारोवारमा सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ९२ दशमलब ०१ अंक, जीवन बीमा १३ दशमलब ५७ अंक र विकास बैंक समूहको परिसूचक ४ दशमलब ७ अंकले बढेको छ ।
यधपी, बाणिज्य बैंक शुन्य दशमलब २७ अंक, होटल २ दशमलब ०४ अंक र जलबिधुत ८ दशमलब ३ अंकले घटेको छ ।
आज कूल १५६ कम्पनीको २१ लाख ३९ हजार ३४८ कित्ता शेयर ६३ करोड ७९ लाख ५४ हजार ९४८ मूल्यमा खरीद बिक्री भएको छ ।
आइतबार नेप्सेमा १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर ४५ करोड ४६ लाख ९५ हजार ९९५ मूल्यमा खरीद बिक्री भएका थिए ।