काठमाडौँ: मंगलबार दोहोरो अंकको सुधार भएको पूँजी बजारमा आज पुन: भारी गिरावट आएको छ । आज बुधबार नेप्से परिसूचक २२ दशमलब ८० अंकले बढेर एक हजार ११८ दशमलब १९ अंकमा झरेको छ । मंगलबार नेप्से परिसूचक १० दशमलब २७ अंकले बढेर थियो ।
नेप्से परिसूचक घटे संगै कारोवार रकममा पनि गिरावट आएको छ ।
आजको कारोवारमा सबै समूहको समूहको परिसूचक घटेका छन् । सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक १८५ दशमलब २६ अंक, जीवन बीमा ९६ दशमलब ०१ अंक र विकास बैंक समूहको परिसूचक ३३ दशमलब ८८ अंकले घटेको छ ।
बाणिज्य बैंक १५ दशमलब २२ अंकले, जलबिधुत २१ दशमलब २४ अंक र लघुवित्त ३० दशमलब ४१ अंकले घटेको छ ।
आज कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरीद बिक्री भएको छ ।
मंगलबार नेप्सेमा कूल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर ३८ करोड २६ लाख ५९ हजार ६७ मूल्यमा खरीद बिक्री भएका थिए ।