Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 3
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रदेश नं ३ : पाँच सहरमा पेट्रोलियम पदार्थका सवारी विस्थापित गरिने

    प्रदेश नं ३ : पाँच सहरमा पेट्रोलियम पदार्थका सवारी विस्थापित गरिने

    पहिलोक्लिकपहिलोक्लिकDecember 5, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    हेटौंडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् ।

    काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने बताए ।

    सरकारले विसं २०८५ भित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न मुख्यमन्त्री पौडेलले चालू आवमा साझाबाटै शेयर खरिद गर्ने प्रतिवद्धता जनाएका छन् ।

    “हामीले विद्युतीय बस सञ्चालन गर्ने नीति अघि सारेर केन्द्र सरकारलाई झक्झक्याएका छौं,” उनले भने, “संघीय राजधानी काठमाडौंसँग प्रदेश सरकारको उपस्थिति देखाउन विद्युतीय सवारी सेवा सञ्चालनमा साझासँग सहकार्य गर्न तयार छौं ।”

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विद्युतीय सवारी विस्तार गर्न महानगरले चालू आवमा रु १० करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले महानगरमा टेम्पो विस्थापित गर्ने नीति लिएको समेत बताए । प्रदेश ३ सरकारका प्रमुख सचिव आनन्द ढकालले साझा यातायातसंग ‘गुडविल’ र पर्याप्त अनुभव भएकाले साझासँगै सहकार्य गर्न आतुर रहेको धारणा राखे ।

    साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न चाहेको बताए । साझाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई निःशुल्क र विद्यार्थीलाई रु १० मा साझाले यात्रु सेवा उपलब्ध गराएको र साझासँग हाल ५१ वटा बस रहेको उनले जानकारी दिए ।

    Facebook Comments Box

    सवार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

    October 28, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.