काठमाडौँ:साताको कारोवारको पहिलो दिन शेयर बजारमा उल्लेख्य सुधार आएको छ । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ३२ दशमलव २४ अंकले बढेर एक हजार १९८ दशमलव १८ अंकमा पुगेको ।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव ३१ अंकले बढेर २५५ दशमलव ३८ अंकमा पुगेको छ ।
आजको कारोवारमा उत्पादन मूलक बाहेक सबै समूहको परिसूचकमा भारी वृद्धि भएको छ ।
सबैभन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ३१८ दशमलब ०२ अंकले, जीवन बीमा २४७ दशमलब ३३ अंक र बाणिज्य बैंक २४ दशमलब ९२ अंकले बढेको छ ।
त्यसैगरी, विकास बैंक २८ दशमलब ६४ अंकले, जलबिधुत २६ दशमलब १६ अंक, होटल ६३ दशमलब ९२ अंक र लघुवित्त ६३ दशमलब ७५ अंकले बढेका छन्।
यधपी, उत्पादन समूहको परिसूचक ६ दशमलब ०५ अंकले घटेका छन् ।
स्टकका अनुसार आज कूल १६४ कम्पनीको २८ लाख १२ हजार २१२ कित्ता शेयर ८७ करोड ५५ लाख ७२ हजार ७६३ मूल्यमा खरीद बिक्री भएका छन् ।