काठमाडौं: उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन भएको छ । राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधन रोक्न नदिएको विरोधमा यात्रुहरु उत्रिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस स्टप परिवर्तन गरेको हो ।
यात्रुहरुले मंगलबार र बुधबार विरोधमा उत्रिएपछि महाशाखाले एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने स्थानको नयाँ व्यवस्था गरेको छ ।
महाशाखाले सामाखुसी यातायात व्यवसायी संघ, नेपाल सार्वजनिक माइक्रो व्यवसायी संघ, बालाजु मिनिवस समिति र तारकेश्वर यातायातका सवारी साधनको लागि बस स्टप १ (काठमाडौं मल/एनएसी अगाडि) तोकेको छ ।
यस्तै दिगो सार्वजनिक यातायात, संयुक्त यातायात, कपन वंगलामुखी यातायत, सिटी यातायात र अन्नपूर्ण सेवाका सवारी साधनको लागि बस स्टप २ (काठमाडौं मल/एनएसी अगाडि) रहेको छ ।