काठमाडौँ: साताको दोस्रो कारोवारको दिन सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव २६ अंकले घटेर एक हजार १८७ दशमलव २८ अंकमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८४ अंकले घटेर २५२ दशमलब १७ अंकमा झरेको छ ।
आइतबार नेप्से १० दशमलव ६२ अंकले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा पुगेको थियो ।
आज कूल १६७ कम्पनीका ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड ३ लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भएका छन् । आइतबार नेप्सेमा १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर रु ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरीद बिक्री भएका थिए ।
आजको कारोवारमा सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक १६० दशमलब २३ अंकले घटेको छ भने जीवन बीमा १५३ अंक, लघुवित्त २३ दशमलब ५८ अंक र बाणिज्य बैंक १४ दशमलब ९४ अंक र होटल १९ दशमलब २७ अंकले घटेका छन् ।
यधपी, जलबिधुत ६ दशमलब ९५ अंक र उत्पादन मूलक समूहको परिसूचक ७ दशमलब १७ अंकले बढेका छन् ।