काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्रीको सचिवालयले यही पुस ११ बाट सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने तय भएको जनाएको छ ।
सरकारको काम–कारबाहीलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला ओलीले बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
यसअघि गत बिहीबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी भएपनि तयारी नपुगेको भन्दै स्थगन भएको थियो ।
सरकारका काम–कारबाहीलाई लिएर विभिन्न प्रश्नहरु उठिरहेकाले ओलीले आज तिनै विषयमा आफ्नो धारणा राख्ने बुझिएको छ।
Facebook Comments Box