काठमाडौँ: नेपाली सेनालाई बुझाइएको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिंदै मन्त्रिपरिषद्धमा अन्तिम स्वीकृतिका लागि पेश गर्ने भएको छ।
परियोजनाको प्रारम्भिक डीपीआर दक्षिण कोरियाली साझेदार योसिन र पुन्घवाले तयार गरेको हो जुन नेपाली सेनालाई उसले सन् २०१९ फेब्रुअरी ३ मा बुझाएको थियो। डीपीआर उक्त कम्पनीले नेरु १०१.२ मिलियनमा तयार गरेको हो।
“हामीले हाम्रो पक्षबाट परियोजनाको डीपीआरलाई अन्तिम रुप दिएका छौं अब स्वीकृतिका लागि मन्त्रिपरिषद्धमा यसै साता पठाउँछौं,” प्राविधिक उपरथी तथा परियोजनाका सदस्य सचिव योगेन्द्र खाँडले पहिलोक्लिकलाई जानकारी दिए।
“मन्त्रिपरिषद्धबाट डीपीआर स्वीकृति भए लगत्तै हामीलाई हाम्रो बाँकी मेगा स्केलका ठेक्काका काम र परियोजनालाई थप द्रुत गतिमा अघि बढाउन सहयोग पुग्नेछ,” खाँडले भने।
हामीले यस ७६.२ किमिको परियोजनाको डीपीआर सेनाले दिएकै ‘टर्म अफ रेफेरेंस’ मै रहेर कम्पनीले निर्माण गरेको हुनाले कम्पनीलाई थप संशोधनका लागि भनेनौं, उनले भने। पहिले सोचेजस्तै अव परियोजनामा ९९ ठुला पुल र तीन वटा सुरुङ्ग मार्ग बन्ने छन्, खाँडले भने।