Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 3
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लेखा समितिले निगमलाई भन्यो- लुफ्थान्सालाई वाइड बढी जहाज मर्मतसम्बन्धी ठेक्का देऊ

    लेखा समितिले निगमलाई भन्यो- लुफ्थान्सालाई वाइड बढी जहाज मर्मतसम्बन्धी ठेक्का देऊ

    पहिलोक्लिकपहिलोक्लिकMarch 11, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका दुई जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा न्यून बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ ।

    समितिको आजको बैठकले एयरबस ए ३३०–२०० र एयरबस ए ३२० मर्मतका लागि न्यून बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिन लागिएको भन्दै त्यस्तो नगर्नसमेत निगमलाई निर्देशन दिएको हो । जर्मनीको लुफ्थान्सा कम्पनीले पेश गरेको न्यून शुल्कमा जहाज मर्मतसम्बन्धी प्रस्तावले जहाजको इञ्जिन मर्मतसम्बन्धी सेवा समेट्न नसकेको भनेर निगमले ‘एजे वाल्टेर युके’लाई सेवा प्रदान गर्ने कम्पनीका रुपमा छनोट गर्न सिफारिश गरेको थियो । उक्त कदमले निगमलाई ठूलो आर्थिक नोक्सानी पुग्ने देखिएको ठहर गरी समितिले त्यसअघिको न्यून बोलकबोल गर्ने कम्पनी लुफ्थान्सालाई नै छनोट गर्न निगमलाई निर्देशन दिएको छ ।

    निगमको एयरबस ए ३३०–२०० जहाज मर्मतका लागि आह्वान गरिएको ‘पावर आई आवर’ विषयको बोलपत्रका क्रममा प्राप्त चार कम्पनीको प्रस्ताव मूल्याङ्कनबाट प्राविधिक रुपमा प्रभावग्राही नभएर हटाइएको लुफ्थान्साको प्रस्ताव नै निगमका लागि आर्थिकरुपमा फाइदा हुने देखिएकाले पुनः सोही प्रस्तावलाई मूल्याङ्कन गर्न उचित हुने समितिले ठहर गरेको छ । निमगको जहाज मर्मत गर्न न्यून बोलकबोल गरेको लुफ्थान्सा कम्पनीले पेश गरेको प्रस्ताव थप मितव्ययी देखिएको समितिको निष्कर्ष छ । उक्त कम्पनीको प्रस्ताव समावेश गर्दा सार्वजनिक खरीद ऐन, २०६३, सार्वजनिक खरीद नियमावली, २०६४ र निगमको आर्थिक विनियमावलीअनुरुप रहेको देखिएको हुँदा उक्त कम्पनीले गरेको प्रस्तावलाई पुनःमूल्याङ्कन गरी बोलपत्र प्रक्रियालाई निरन्तरता दिन निर्देशन दिएको हो ।

    त्यसैगरी एयरबस ए ३२० जहाजको इञ्जिन मर्मतसम्बन्धी बोलपत्रमा निगमको आर्थिक विनियमावली, २०६५ को २२३ बुँदामा उल्लेख गरिएको व्यवस्था विशेष परिस्थितिमा मात्र लागू हुने भएकाले नियमित प्रक्रियामा सार्वजनिक खरीद ऐन र यसले निर्धारण गरेको प्रक्रिया नै आकर्षित हुने हुँदा बोलपत्रमार्फत नै प्रतिस्पर्धाबाट नै छनोट गर्नु उत्तम भएको समितिले ठहर गरेको छ । निगमको आर्थिक विनियमावलीको २२३ बुँदामा विशेष परिस्थितिमा वायुसेवा सञ्चालनका लागि तत्काल आवश्यक परेमा निगमले अरू हवाई सेवा कम्पनी तथा सम्बन्धित एजेन्सीसँग विमानका इञ्जिन तथा पार्टपुर्जा भाडामा लिन सक्ने व्यवस्था गरिएको छ ।

    इञ्जिनको हकमा २१ दिनसम्म कार्यकारी प्रमुखले भाडामा लिन स्वीकृति दिन सक्नेछ र सोभन्दा बढी समयका लागि इञ्जिन भाडामा लिनु परेमा समितिको स्वीकृति लिनुपर्नेछ । कम्पोनेन्टको हकमा एक महीनासम्म इञ्जिनीयरिङ विभाग प्रमुखले स्वीकृति दिन सक्नेछ । सोभन्दा बढी समयका लागि भाडामा लिनु पर्दा कार्यकारी प्रमुखले स्वीकृति दिन सक्ने व्यवस्था गरिएको छ । समितिले अहिले कुनै विशेष परिस्थिति नपरेको हुँदा जहाजको मर्मतका लागि नियमित बोलपत्रको प्रक्रियाबाटै छनोट गरिनुपर्ने ठहर गरेको हो । त्यस्तै निगमको ए ३२० को मर्मतका लागि आह्वान गरिएको बोलपत्रमा निगमलाई फाइदा हुने देखिएकाले उक्त बोलपत्र रद्द गर्नु औचित्यपूर्ण नभएको देखिँदा शुरु सो प्रक्रियालाई अघि बढाउन निर्देशन दिएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।

    निगमले ती दुई जहाजका लागि ‘पावर वाई आवर’ (पिबिएच) आधारमा ‘कम्पोनेन्ट सपोर्ट सर्भिस’ लिनका लागि गत असार २७ गते ४५ दिने सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको थियो । निगमलाई प्राविधिक सहयोग गर्नका लागि विभिन्न चार अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले प्रताव हालेका थिए ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.