Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 2
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सिभिल ग्रुपको बदमासी: सहकारीमा अध्यक्ष आफैं, ऋणी आफैं

    सिभिल ग्रुपको बदमासी: सहकारीमा अध्यक्ष आफैं, ऋणी आफैं

    पहिलोक्लिकपहिलोक्लिकMarch 14, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: सिभिल ग्रुपले प्रवर्द्धधन गरेको सिभिल सेभिङ एन्ड को-अपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीनवटा व्यवसायमा लगानी गरेको पाइएको छ ।

    सहकारीको आर्थिक वर्ष २०७४/७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ। यी तीनवटै कम्पनी सिभिल ग्रुपबाट प्रवर्द्धधित छन् ।

    सहकारीमा २ हजार ६ सय ९० सदस्य बचतकर्ता छन्। सिभिल सेभिङ एन्ड कोअपरेटिभ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रवर्द्धधन गरेका हुन् । पेसाले इन्जिनियर तामाङ पछिल्लो समय रियलस्टेट व्यवसायमा छन् । उनी बैंकका प्रवर्द्धधक हुन् भने अघिल्लो संसद्मा सांसदसमेत थिए ।

    कुनै बेला कानुन बनाउने निकायमा रहेका तामाङले सिभिल सेभिङ एन्ड कोअपरेटिभमा भने नियामक निकायकै धज्जी उडाएका छन् । सहकारीले कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन मिल्दैन ।

    संस्थाको लेखा परीक्षण प्रतिवेदनले पनि यसलाई जोखिमका रूपमा औंल्याएको छ । कानुनले बर्जित गर्दागर्दै सहकारीले परिचालन गरेको कर्जा तामाङले प्रवर्द्धधन गरेका तीनवटा व्यवसायमा मात्र किन केन्द्रित भयो भन्ने प्रश्नमा संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले सबै कर्जा एउटै व्यक्तिका नाममा प्रवाह नभएको दाबी गरे ।

    श्रेष्ठले सिभिल होम्स प्रालिको कर्जा तामाङ अध्यक्ष भएकै समयमा स्वीकृत भएको जानकारी दिए । उनले प्रालिले नियमित रूपमा ब्याज भुक्तानी गरिरहेकाले सहकारी सञ्चालनमा समस्या नरहेको बताए । तामाङ यसअघि दुई कार्यकाल सहकारीका अध्यक्ष भएका थिए ।

    सहकारीको नियमन फितलो हुँदा विगतमा पनि सेयर सदस्य तथा निक्षेपकर्ताको ठूलो पुँजी अपचलन भएको थियो । सात वर्षअघि १३० सहकारी संस्था समस्यामा परेपछि ती संस्थाका बचतकर्ताको ११ अर्ब रुपैयाँभन्दा बढी बचत डुबेको छ ।

    विगतमा सहकारी विभागबाट नियमन हुँदै आएका सहकारी संस्था नयाँ व्यवस्थाअनुसार स्थानीय सरकारले नियमन गर्ने व्यवस्था छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    तर स्थानीय सरकारमा संस्थागत क्षमता अभावका कारण संक्रमणकालीन अवधिमा सहकारी नियम हुन नसक्दा सुशासन फितलो हुँदै गएको नेपाल राष्ट बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री बताउँछन् ।

    ‘नियमन कमजोर भएकाले सहकारीका चल्तापुर्जा प्रवर्द्धधकले फाइदा उठाउन सहकारीमा लगानी गरेका हुन्,’ उनले भने ।

    Facebook Comments Box

    सिभिल सेभिङ एन्ड को-अपरेटिभ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.