काठमाडौँ: राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताएको छ ।
भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ । आज गएको भूकम्प ४.१ रिक्टर स्केल मापन गरिएको छ ।
०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।

Facebook Comments Box