काठमाडौँ: पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुनको समय भएकाले अपराह्नपछि पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाका मौसमविद् विभुती पोखरेले बताए । उनका अनुसार प्रिमनसुनको विशेषता छोटो समय वर्षा हुने र उपत्यकाकै पनि एक ठाउँमा वर्षा हुने अर्काे ठाउँमा नहुने हुन्छ । भारी वर्षा भने नहुने बताइएको छ ।
बुधबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तथा मध्य पूर्वी क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
त्यस्तै बिहीबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २६ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै जोमसोमको न्यूनतम तापक्रम सबै भन्दा कम २ दशमलव शून्य डिग्री सेल्सियस छ ।
Trending
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट