काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरिएको छ ।
जिल्ला अदालत, ललितपुरमा आइतबार उपस्थित गराइएका उनीसहित ९ जनालाई न्यायाधीश चुडामणि खड्काको इजलासले ८ दिन थुनामा राख्ने अनुमति दिएको हो ।
यसअघि शनिबार बिहान काभ्रेको खानीखोला–७, मिल्चेबाट उनीसहित ९ जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउँदै गर्दा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । जीपमा हतियारसमेत भेटिएको सुरक्षा संयन्त्रको दाबी छ ।
Facebook Comments Box