कञ्चनपुर: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका तत्कालीन डीएसपी अंगुर जिसी जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् ।
जिल्ला अदालत कञ्चनपुरमा उनी लगायत ८ जनाविरुद्व प्रमाण नष्ट गरेको भन्दै मुद्दा परेसँगै डीएसपी जिसी त्यसैको बयान दिनका लागि अदालत उपस्थित भएका हुन् ।
जिल्ला अदालत स्रोतका अनुसार न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको उपस्थितिमा अदालतका कर्मचारीले उनको बयान लिने बयान लिनेछन् । बयान सकिएपछि थुनछेक बहस हुने स्रोतले जानकारी दिएको छ ।
Facebook Comments Box