महोत्तरी: प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २२ गते शुक्रवार बिहान ८ बजेदेखि हुँदैछ । एसईईमा केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन भन्दै केन्द्राध्यक्ष बाहेक अरुलाई मोवाइल प्रयोग गर्न नदिने निर्णय गरिएको शिक्षा विकास निर्देशनालय, प्रदेश २ का निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।
बिहीबार बिहान बसेको बैठकले परीक्षामा खटिने सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगीको मोवाइल अफ गरी केन्द्राध्यक्षको नियन्त्रणमा राख्ने निर्णय गरिएको निर्देशक शर्माले बताए ।अनुगमनका क्रममा मोवाइलको दुरुपयोग भएको पाइएकोले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।