काठमाडौं : दोस्रो बजारमा सेयर खरिद गर्न वैशाख २ गतेदेखि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिने भएको छ । धितोपत्र बोर्डले शेयर कारोबारलाई व्यवस्थित बनाउन चैत १० गतेदेखि नै प्यान ऐच्छिक रुपमा लागू गरिसकेको भएपनि आउदो सोमबारदेखि शेयर खरिद गर्दा प्यान अनिवार्य गर्न लागेको हो ।
यद्दपि, एक पटकमा ५ लाख रुपयाँ वा बढीको शेयर कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य हुनेछ भने ५ लाख रुपैयाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक नै रहने बोर्डको भनाई छ ।
Facebook Comments Box