काठमाडौं: नेपाली सेनाले विभिन्न पदमा ८ हजार एकसय २ जना कर्मचारी माग गरेको छ।
नेपाली सेनाले देशभरिका २९ वटा भर्ती केन्द्र मार्फत लेखा जमदार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादक, कुचिकार, सूचिकार, धोवी, सयस, सिकर्मी, माली, अमल्दार कर्मचारी, केशकर्तक, सहायक पण्डित लगायतका पदमा कर्मचारी माग गरेको हो।
नेपाली सेनाले सैन्य सेवाका लागि मात्रै ७ हजार ६ सय ३५ जना कर्मचारी माग गरेको छ।
योग्यता पुगेका नेपाली नागरिकले वैशाख तीन गतेदेखि जेठ एक गतेसम्म २९ वटा भर्ती केन्द्र मार्फत आवदेन दिन सकिने सेनाले जनाएको छ।
Facebook Comments Box