काठमाडौँ: बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ ।
अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।
जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ ।
महान्याधिबक्ताको कार्यालयले भने जोशीको नियमति सरुवा भएको प्रतिक्रिया दियो ।
जोशीले यसबारे बुझ्न खोज्दा भने- मुद्दा अहिले पनि अख्तियारमै छानविन क्रममा छ, टुङ्गिसकेको छैन। मैले मेरोविरुद्ध कसले क निर्णय गर्यो, कसरि भन्न सक्छु र? उनले आफुले कसैलाई नभेटेको र विवादित बिषय मिलाउन दवाव नदिएको बताए।
अख्तियार प्रबक्ता प्रदिप कोइराले भने- ‘सरुवा नियमित प्रक्रिया हो, कुनै त्रुटी भेटिए कर्मचारीमाथि सरुवा होइन, कारवाही हुन्छ। ‘