काठमाडौँ: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम सकिएको छ। यो विमानस्थल नेपालकै पहिलो कंक्रिट धावनमार्ग हो।
यसअघि विटुमिन हालेर धावनमार्ग निर्माण भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरब आयोजनाका निर्देशक प्रदीप अधिकारीले तीन महिनामै धावनमार्ग तयार भएको बताए। २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाई रहेको धावनमार्गमा २६ सेन्टिमिटर मोटाइको कंक्रिट ढलान गरिएको उनले बताए। यो धावनमार्गमा एटिआर ७२, एयरबस ३२० लगायतका जहाज सहजै उडान अवतरण गर्न सक्ने उनले बताए।
विमानस्थलमा रहेको टर्मिनल विल्डिङको डिपीसीको काम पूरा भइसकेको अधिकारीले जानकारी दिए। यो विमानस्थलको टर्मिनल विल्डिङ कंक्रिट हुँदैन्। अहिले विश्वव्यापी रुपमा प्रचलन रहेको स्टील स्ट्रक्चर हुनेछ। स्टील स्ट्रक्चर चाँडै निर्माण गर्न सकिने र लागत पनि कम लाग्छ। यो विमानस्थलमा टर्मिनल भवनबाट सीधै बोर्डिङ ब्रिजमार्फत जहाज चढ्न सकिनेछ।