काठमाडौँ: संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बुधबार दिउँसो थपलियाको सुनुवाइ भएको थियो। सुनुवाइपछि समितिले थपलियालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
थपलियासँगै समावेशी आयोगकी सदस्य विष्णुमाया ओझालाई पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ।
Facebook Comments Box