काठमाडौँ: लामो कसरतपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘लामो समयदेखि सांगठनिक एकीकरणको प्रक्रिया टुंगिन नसकेकोमा आजको बैठकले ७७ जिल्लाको जिल्ला कमिटीहरूको अध्यक्ष र सचिवको बारेमा टुंगो लगाएको छ। त्यो भोलि सार्वजनिक गरिने छ,’ उनले भने, ‘र छिट्टै केही दिन भित्रैमा पोलिटब्यूरोको गठन गरी सबै केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन हुनेछ।’
यस्तै आजको बैठकले २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भोलि प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना गरिने निर्णय भएको श्रेष्ठले जानकारी दिए।