काठमाडौँ: श्रीलंकाको चर्च र होटलहरुमा भएको श्रृङ्खलावद्ध बिस्फोटमा परी कम्तीमा २०७ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् ।
ईसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट भएको थियो ।
यसपालिको वैशाख ८ गते (आइतबार) क्रिश्चियन धर्मालम्वीको विशेष दिन हो। इस्टर सन्डे भनिन यो दिनलाई उनीहरू धुमधामसँग मनाउँछन्।
श्रीलंकाको क्रिश्चियन धर्मालम्वीहरू पनि बिहान सबेरै आइतबारको प्रार्थना गर्न चर्चमा गएका थिए। तर उनीहरूले भव्य रूपमा इस्टर सन्डे मनाउन पाएनन्। स्थानीय समयअनुसार बिहान पौने ९ बजे राजधानी कोलोम्बो र आसपासका तीन चर्चमा एकैसाथ बिस्फोट भए। विदेशी पर्यटक बस्ने राजधानीका पाँचतारे होटलमा बम पड्काइयो। एजेन्सी