काठमाडौं: नियन्त्रीत भयो भनिएको सुन बरामदका घटना फेरी एक पटक प्रकट भएको छ। यो तथ्य तव बाहिरियो जब प्रहरीले रसुवाको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गर्यो।
केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष तामाङले जानकारी दिए।
मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनले अनलाइनखबरलाई बताए ।
प्रहरीका अनुसार ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो।
Facebook Comments Box