काठमाडौं: बिगत केहि समयदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले बिहीबार फेरि बढेको छ। ११०/१११ रुपैयाँको हाराहारीमा रहेको डलरको भाउ आज ११२ रुपैयाँ १० पैसामा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
दुई साताअघि डलरको भाउ १०९ रुपैयाँसम्म पनि झरेको थियो। अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ। एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण भएपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ।
७ महिनाअघि बढेर प्रति डलर ११९ रुपैयाँ पुगेको थियो भेने पुन: घटेर १०९ रुपैयाँसम्म झरेको थियो ।
यसरी नेपाली रुपैयाँ कमजोर हुँदा आयात महँगो हुने हुँदा आयातित बस्तुको मुल्यमा चाप पर्ने छ । डलर मजबुत हुँदा रेमिट्यान्स आयमा वृद्धि हुन्छ।
निर्यात वृद्धि गर्न नसक्दा नेपाललाई डलर वृद्धिको फाइदा लिन सकेको छैन ।