पाँचखाल: नेपाल सरकाले सुरु गरेको बिद्यार्थी भर्ना अभियानमा पाँचखाल नगरपालिकाका दुई बाबू नभएका साना टुहुरा नानिहरुलाई सुचना तथा संचार प्रबिधी मन्त्री गोकुल बाँस्कोटाको अभिभावकत्वमा बिद्यार्थी भर्ना गरिएको छ ।
मन्त्री आफै उपस्थित हुन नसकेपछि उनको प्रतिनिधिको रुपमा पाँचखाल नगरपालिका- १ मा वडा अध्यक्ष अष्ट तामाङले आमा र बाबु दुबै नभएकि पृतम तामाङ ज्ञानेस्वरी माध्यमिक बिद्यालयमा र पाँचखाल नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बालकृष्ण सापकोटाले गत बर्ष बाबू बितेको निस्मा सुनारको जनउद्वार प्राथमीक बिद्यालय भर्ना गरे ।
कार्यक्रम पाँचखाल नगरका नेकपा तर्फबाट कन्चन अधिकारी,आईतेसिंह तामाङ ,पुष्कर ढकाल,हरि खतिवडा ,नारायण ढकाल कुलमान तामाङ लगायतको सहभागिता थिए । यसअघि मन्त्री बास्कोटाले पाँचखाल नगरपालिका-१२ का सुजन दनुवार बिद्यालय भर्ना गरेका थिए।
यसपटकको परिक्षामा दनुवार आजाद माबी बालुवामा दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।