एजेन्सी: संयुक्त राष्ट्रसंघले पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसुद अजहर र उनको समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्धीन ले त्यसको पुष्टि गरेका छन् । उनले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘यो कामका लागि साना–ठुला सबै देशले साथ दिएका छन् ।
संयुक्त राष्ट्रसंघले प्रतिबन्धित सूचीमा मसुद अजहरलाई आतंककारी घोषित गरिदिएको छ । यो कदममा समर्थन जनाउने सबैमा धन्यवाद ।’ अमेरिका, फ्रान्स र बेलायत यो प्रस्तावको पक्षमा भएपनि चीनले समर्थन नदिँदा राष्ट्रसंघले यो विषयमा निर्णय लिन सकेको थिएन् ।
मसुद अजहरको आतंकवादी समूह भारतका कयौं आक्रमणहरुमा जिम्मेवार रहेको मानिन्छ । भारतले यो समूहलाई विश्व आतंककारी संगठनको रुपमा दर्ज गर्न पटक–पटक कुटनीतिक पहल गर्दै आएको थियो ।