काठमाडौँ: इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेललाई निलम्बन गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको हो।
चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको स्रोतले बतायो। स्रोतका अनुसार ढुंगेललाई बिहीबारबाटै निलम्बन गरिएको छ।
लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए। गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सेतोपाटीले प्रकाशन गरेको थियो।
Facebook Comments Box